देश

राजधानीमा आगलागी, त्यसपछि के भयो ?
काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान आगलागी भएको छ। आगलागीबाट अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट एक जना घाइते भएका छन् भने ६५ वर्षीय एक वृद्धको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण नखुलेपनि घरभित्र बालेको हिटरबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक...
पोखरामा फेवा एमयुएनको दोस्रो संस्करण शुरु
पोखरा, ४ फागुन। पोखरामा फेवा नमुना संयुक्त राष्ट्र संघ (एमयुएन) को दोस्रो संस्करण शुक्रबारदेखि शुरु भएको छ। युवा वैचारिक समाजले गरेको कार्यक्रममा विद्यालयदेखि क्याम्पस तहसम्म अध्ययनरत ६५ जना विद्यार्थी सहभागि रहेको सदस्य सामना बरालले जानकारी दिईन्। शनिवारसम्म चल्ने कार्यक्रममा सहभागि युवाहरुको दुई वटा समूह बनाई दुई वटा विषयमा छलफल गरिदैछ। संयुक्त राष्ट्र संघको पहिलो कमिटीको...
ओली दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं ३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए । ओली प्रधानमन्त्री...
सरकार छाड्नुअघि सरकारका उपलब्धी के के सुनाए प्रधानमन्त्रीले, यो पढौं
पोखरा, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनुअघि उनले देशबासीका नाममा सम्वोधन गरे। सम्वोधन अघि बिहीबार नै अन्तिम पटक बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसेको थियो । राजीनामा पत्र आज नै राष्ट्रपति समक्ष बुझाउँदै छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि बामगठबन्धनले दाबी पेश गरिसकेको...
प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने
पोखरा, २ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्। बामगठबन्धनको सरकार बन्न लागेको केहि समय अघि प्रधानमन्त्रीले देशवासीका नाममा गर्न लागेको सम्बोधनलाई निकै चासोका साथ लिइएको छ । सम्वोधनअघि भोलि मन्त्रीपरिषद्को बैठक समेत बस्दैछ । आज हुने भनिएको बैठक बस्न नसकेपछि बैठक भोलि बिहान नौ बजेका लागि सारिएको प्रधानमन्त्री देउवाका...
आज महाशिवरात्री, देशभरका शिव मन्दिरमा घुईचो, प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त
पोखरा, १ फागुन। महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । शिवरात्रि हरेक वर्षको फागुनकृष्ण चतुर्दशीका दिन मनाइन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । आज बिहानैदेखि देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुईचो लागेको छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई...
अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै, ४० लाख खर्च हुने सम्मेलनमा के हुन्छ ?
पोखरा, २८ माघ । दीगो विकासका लागि सहभागितामूलक युवा नेतृत्व भन्ने नाराका साथ फाल्गुण ४ देखि ८ गतेसम्म पोखरामा दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । सम्मेलनमा विभिन्न १८ देशका २५० भन्दा बढि युवा नेताहरुले भाग लिने मूल आयोजक समितिका अध्यक्ष सुवास मल्लले जानकारी दिए । सम्मेलनका विभिन्न सत्रहरुमा सम्बोधन गर्नका लागि राष्ट्रिय योजना...
पार्टी एकता बारे प्रचण्ड यसो भन्छन्
पोखरा, २६ माघ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि पदमा कुनै समस्या नरहेको दावी गरेका छन्। नेकपा एमाले र एमाओवादीबीचको एकता ढिलाई भई विभिन्न आशंका उब्जेका बेला उनले त्यस्तो बताएका हुन्। एमाले र माओवादीको पार्टी एकता सकारात्मक रुपमा अघि बढिरहेको उनको भनाई छ। केपीजीले पनि सबै पद पाउनुभएको छ, मैले पनि...
सहमतिपछि विद्यार्थीको आन्दोलन रोकियो, नेवि संघले शवयात्रा गर्दै
पोखरा, २४ माघ। पोखरामा विद्यार्थीहरुले शुरु गरेको आन्दोलन सहमतिपछि रोकिएको छ। संयुक्त विद्यार्थी संघर्ष समिति, पोखरा नगर बस व्यवसाय समिति र प्रशासनबीच भएको वार्ता सहमतिमा पुगेपछि आन्दोलन रोकिएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए। सहमतिपछि बिहानदेखि रोकिएको पोखरा नगर बस सेवा पनि सूचारु भएको छ। वार्तामा दोषी चालकमाथि हदैसम्मको कारवाही गर्ने, परिवारलाई...
आन्दोलन चर्काउँदै विद्यार्थी, पोखरामा बुधबार नगर बस चल्न नदिने
पोखरा, २३ माघ। नगर बसको ठक्करबाट विद्यार्थी बोधराज ढकालको मृत्यू भएको घटनालाई लिएर सात विद्यार्थी संगठनले आन्दोलन चर्काउने भएका छन्। मृतकलाई क्षतिपूर्ति दिने विषयमा बस व्यवसायी गैरजिम्मेबार भएर प्रस्तुत भएकोभन्दै संघर्षको कार्यक्रम सार्वजनीक गरेका छन्। आज साँझ बसेको विद्यार्थी संगठनको बैठकले बुधबार पोखरामा नगर बस संचालन हुन नदिने निर्णय गरेको बैठकमा सहभागि नेवि संघका केन्द्रीय...
नेवि संघद्वारा जिप्रकामा धर्ना,आज दिनभर जसो यस्तो भयो पोखरामा
पोखरा, २३ माघ। नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन्। दोषीमाथि कारवाही र क्षतिपूर्तिको मागगर्दै विद्यार्थीहरुले धर्ना दिएका हुन्। प्रहरीले आफ्ना साथीहरुलाई धरपकड गरेकोभन्दै विद्यार्थीले त्यसको विरोधगर्दै नाराबाजी समेत गरेका छन्। अब जिल्ला प्रहरी कार्यालय कास्की केन्द्रीत भएका छौं विद्यार्थी नेता समित केसीले भने – ‘प्रहरी प्रशासनलाई संयमित हुन आग्रह...
बामगठबन्धनले जथाभावि गरे शशक्त प्रतिवाद – सिंह
पोखरा, २१ माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बामगठबन्धनले बहुमतको बलमा जथाभावि गरे पार्टीले शशक्त प्रतिवाद गर्ने बताएका छन् । जनताले अवसर दिएका छन्, सरकार बनाउनुहोस् बामगठबन्धनतर्फ संकेतगर्दै उनले भने – ‘तर जथाभावि भयो भने काँग्रेसले शशक्त कदम चाल्नेछ।’ नेपाली काँग्रेस कास्कीले पोखरामा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले विगतका उपलव्धीमा जसरी काँग्रेसको योगदान...