देश

प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका रेशम चौधरीले गरे आत्मसमर्पण
कैलाली, १४ फागुन । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका रेशम चौधरीले आत्मसमर्पण गरेका छन् । २०७२ भदौ ७ गतेको टीकापुरको हिंसात्मक घटनाका फरार अभियुक्त चौधरीले सोमबार कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् । घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार थिए ।चौधरीले भने आफुमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । टिकापुर...
संसदीय दलको नेता सर्वसम्मत चयन गरौं – कोइराला
पोखरा, १३ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रुपमै चयन गर्नुपर्ने पक्षमा आफु रहेको बताएका छन् । काँग्रेसको चुनौति कठिन रहेकाले सर्वसम्मत रुपमै नेतृत्व चयन भए आम पार्टी कार्यकर्ता, मतदातामा राम्रो सन्देश जाने उनको भनाइ थियो । पोखरामा शुरु भएको नेपाल शिक्षक संघ प्रदेश नं. ४ को प्रथम...
राष्ट्रपति बिरुद्व नाराबाजीगर्दै तरुण दलले कास्कीबाट पठायो ज्ञापन पत्र
पोखरा, १३ फागुन । नेपाल तरुण दल कास्कीले आइतबार जिल्ला प्रशासन कार्यालय कास्की मार्फत राष्ट्रपतिलाई ज्ञापन पत्र पठाएको छ । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङको नेतृत्वमा गएको तरुणको समूहले कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो । तरुण दलका नेता तथा कार्यकर्ता राष्ट्रपति बिरुद्व नाराबाजीगर्दै ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेको...
नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कार बन्धुलाई
पोखरा, १२ फागुन । नवौं शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट भाषाविज्ञ प्रा.डा चुडामणि बन्धुलाई सम्मान गरिने भएको छ। पुरस्कार संचालनगर्दै आइरहेको शुक्ला साहित्य प्रतिष्ठानले पोखरामा शनिवार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। चैत ३ गते शनिवार कार्यक्रम गरी उनलाई सो पुरस्कार प्रदान गरिने छ। पुरस्कारको राशी नगद २० हजार एक सय एक रुपैया सहित सम्मान...
सात वटै प्रदेशमा आइतबार नेपाल शिक्षक संघको अधिवेशन हुदै
पोखरा, १२ फागुन । नेपाल शिक्षक संघको प्रदेशस्तरीय अधिवेशन देशभर आइतबार हुदैछ । सात वटा प्रदेशमा दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले २७ सदस्यीय प्रदेश समिति चयन गर्ने छ । निर्वाचित समितिले चार र अध्यक्षले आफ्नो अधिकार प्रयोग गरी एक सदस्य मनोनित गर्ने व्यवस्था छ । प्रदेश नम्बर ४ को...
खबरदार ¤ बाम गठबन्धन सरकार, काँग्रेसले बनाउछ छाँया सरकार
काठमाडौं, १२ फागुन । नेपाली काँग्रेसले छायाँ सरकार बनाउने भएको छ । सरकारले गर्ने कामको निगरानी र खवरदारीका लागि काँग्रेसले छायाँ सरकार बनाउन लागेको हो । त्यसका लागि आवश्यक तयारी समेत शुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको संयुक्त बैठकले छाँया सरकारको अवधारणा अघि सारेको हो ।...
नक्कली प्रहरी बनेर लुट्ने पक्राउ
चितवन, ११फागुन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् ।...
‘सुनका गहनामा फलाम मिसाएको छैन’
पोखरा, ११ फागुन। सुनचाँदी व्यवसायी संघ कास्कीले राज्यले सुनचाँदी व्यवसायसम्बन्धी स्पष्ट ऐन÷ कानून तथा निर्देशिका बनाएरमात्र सुनचाँदी पसलमा बजार अनुगमन गर्न सरकारसँग माग गरेको छ। ऐन÷कानूनको अभावमा गरिने अनुगमनले व्यवसायीलाई आतंकित वनाएको संघले जनाएको छ। सुनको शुद्धता मापन गर्ने मेसिन प्रमाणिकरणको अभाव र राज्यको प्राविधिक कमीले गर्दा आफूहरु मारमा पर्ने गरेको गुनासो सुन व्यवसायीले गर्दै...
सिरहामा पटक÷पटक बिस्फोटका घटना, सुरक्षा घेरा नजिक दिउँसै बम बिस्फोटपछि लहानबासि त्रसित
सिरहा, १० फागुन। सिरहास्थित लहानमा आज दिउँसै बम बिस्फोट भएपछि लहानबासि त्रसित भएका छन्। लहान नगरपालिकाको शहीद चोकको ब्यस्त बजारमा रहेको शुभलाभ स्टोर अगाडी बोरामा बेरेर राखेको प्रेसर कुकर बम बिस्फोट भएको हो। बिस्फोटमा परी स्टोरका प्रबन्धक अनिल अग्रवाल घाइते भएका छन्। बमको छर्रा उनको घाँटीको पछाडीपट्टी लागेको छ। बिस्फोटबाट स्टोर्समा समेत क्षति पुगेको छ।...
राष्ट्रपतिलाई संविधान उपहार, काँग्रेस भातृसंस्थाले किन दिए संविधान उपहार ?
पोखरा, ९ फागुन । नेपाली काँग्रेसका भातृसंस्थाले  राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको संविधान – २०७२ उपहार दिएका छन्। नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल लगायतले संविधानको मर्म विपरित काम गरेकोमा व्यङ्यगर्दै राष्ट्रपतिलाई संविधान उपहार दिएका हुन्। राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभा सदस्य मनोनयनमा असंवैधानिक कदम चालेको काँग्रेसको ठहर छ।संविधानको संरक्षक मानिने राष्ट्रपतिलाई संविधान राम्ररी अध्ययन गर्न...
बिस्फोट गराउने विप्लव कार्यकर्ता पक्राउ
पोखरा, ९ फागुन। नेपाल बन्दका क्रममा मंगलबार पोखरामा बम बिष्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरिएका तीन जना नै नेकपा माओवादी विप्लव समूहका कार्यकर्ता हुन्। पक्राउ गरिएकोमा विप्लव समूहका जनसरकार प्रमुख ५८ वर्षिय जगन भन्ने नन्दप्रसाद तिवारी, अखिल नेपाल क्रान्तिकारी किसान संघका कास्की अध्यक्ष पुष्प कार्की र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर...
नेवि संघ नेतृ पौडेलको सवारी दुर्घटनामा मृत्युपछि विद्यार्थी आन्दोलित
पोखरा, ९ माघ । नेपाल विद्यार्थी संघकी नेतृ बन्दना पौडेलको सवारी दुर्घटनामा मृत्यु भएपछि दोषीमाथि कारवाही र दुर्घटना बारे छानबिन गर्न मागगर्दै पोखरामा विद्यार्थीहरुले आन्दोलन गरेका छन्। विद्यार्थीहरुले आज बिहान उनी अध्ययनरत पोखरा सिमलचौरस्थित जनप्रिय उच्च मावि अघि प्रदर्शन गरेका छन्। पौडेल कक्षा १२ मा अध्ययनरत छात्रा थिईन्। आज पीडित पक्ष र प्रशासनवीच वार्ता हुने...