देश

मिस ग्रान्ड नेपाल – २०१८ हुदै, पोखरामा २९ गते अडिसन
पोखरा, २३ वैशाख । आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्रान्ड नेपाल – २०१८ गर्ने भएको छ । यो ग्रुपले विगत लामो समयदेखि ज्ञानसंगै शिक्षामा आधारित रहेर विभिन्न प्रतियोगिताहरु गर्दै आईरहेको छ । केहि दिन अघि राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिइएको हो । प्रतियोगिताको अडिसन देशका मुख्य पाँच शहर काठमाडौँ, पोखरा, बुटवल, चितवन, धरानमा...
ल्होछार बिदा कटौती विरुद्ध तमु धिं नेपालले आन्दोलन गर्ने
पोखरा, २२ बैशाख । तमु जातिको नयाँ वर्ष ल्होछार बिदा कटौती विरुद्ध तमु धिं नेपाल आन्दोलित हुने भएको छ । संघर्ष गरी ल्होछारमा प्राप्त एक दिन सार्वजनिक बिदा पनि कटौती गरी तमु जातिको नयाँ वर्ष अथवा पर्वको अपमान गरेको भन्दै तमु धिं नेपालले बिदा कटौती विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो। बिभेदमा पारिएको महसुस गरेका...
प्रारम्भिक शिक्षा सम्बन्धि पुस्तक वितरण
पोखरा, २० वैशाख ः नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा संचालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (इजीआरपी) अन्तर्गत कास्की जिल्लाका सामुदायिक विद्यालयहरुमा निशुल्क पुस्तक वितरण कार्यक्रम बिहीबारबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी संस्था (युएसएआईडी) को आर्थिक तथा प्राविधिक सहयोगमा यो कार्यक्रम संचालन गरिएको हो । कार्यक्रम अन्तर्गत पोखराको अमरसिंह नमुना माध्यमिक...
दुवै छोरा अपाङ्गता, लायन्स आदर्श चौतारीको सहयोग
पोखरा, १९ वैशाख। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले अपाङ्गता भएका एकै घरका दुई जनालाई आर्थिक सहयोग गरेको छ। क्लबले पोखरा लेखनाथ महानगरपालिका वडा १३ आर्वास्थित डिहीका एकैघरका अपाङ्गता दाजुभाइ ३१ वर्षीय क्षेत्रबहादुर नेपाली र २६ वर्षीय शिवकुमार नेपालीलाई सहयोग गरेको हो। क्लबका रिजन चेयरपर्सन बालाकृष्ण शर्मा, एक्सटेन्सन चेयरपर्सन कमल बस्नेत, चार्टर्ड प्रेसिडेण्ट बासु कोइराला...
आंशिक शिक्षकलाई प्रजातन्त्रवादी प्राध्यापक सङ्घको साथ
पोखरा, १९ वैशाख । प्रजातन्त्रवादी प्राध्यापक सङ्घ पृथ्वीनारायण क्याम्पस इकाइ समितिले आंशिक शिक्षकहरुले शुरु गरेको आन्दोलनप्रति ऐक्यवद्वता जनाएको छ । आंशिक शिक्षकलाई करारमा लैजाने निर्णयबाट वर्तमान सरकार पछि हटेकोभन्दै शिक्षकहरु आइतबारदेखि आन्दोलनमा उत्रेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आंशिक शिक्षकलाई करारमा लैजाने निर्णय गरेपनि वर्तमान सरकार कार्यन्वयन गर्नबाट पछि हटेको विरोधमा शिक्षकहरु आन्दोलित भएका...
व्यवस्थित बसोबास आयोग कास्कीले भन्यो – ‘सरकार भुमिहीन सुकुम्बासि र अव्यवस्थित बसोबासीप्रति गैरजिम्मेबार’
पोखरा, १२ बैशाख । विघटित व्यवस्थित बसोबास आयोग जिल्ला समिति कास्कीले सरकार भुमिहीन सुकुम्बासि र अव्यवस्थित बसोबासीको समस्याप्रति गैरजिम्मेबार बनेकोभन्दै चिन्ता व्यक्त गरेको छ । सरकारले भुमिहीन सुकुम्बासि र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न गठित व्यवस्थित बसोबास आयोग विघटन गर्नुले सरकार गैरजिम्मेबार रहेको प्रमाणित भएको उल्लेख छ । मङ्गलबारको मन्त्रीपरिषद् बैठकले आयोग बिघटन गर्ने निर्णय...
नेवि संघ कास्कीले नेतृत्व पायो, सभापतिमा थापा
पोखरा, ८ वैशाख । नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ कास्कीमा लामो समयदेखि नेतृत्व विवाद र नेतृत्व रिक्त थियो । करिब ९ बर्षको विवाद र डेढबर्षको नेतृत्व रिक्तता अन्त्य भएको छ । शुक्रबार नेवि संघ केन्द्रले नयाँ सभापति नियुक्त गरेपछि नेविसंघ कास्कीको लामो समयको अवरोध सकिएको हो । नेविसंघ अध्यक्ष नैनसिंह महरले विकास थापालाई...
सरकारको निरंकुशता विरुद्व लड्न तयार बनौं – देउवा
पोखरा, ८ वैशाख । नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको निरंकुशता विरुद्ध लड्नका लागि तयार हुन कार्यकर्तालाई निर्देशन दिएका छन् । सरकार निरंकुशताको बाटोमा अगाडि बढेकोभन्दै उनले कार्यकर्तालाई त्यस्तो निर्देशन दिएका हुन् । नेपाली काँग्रेस काठमाडौको जिल्ला भेलाको शनिवार उद्घाटनगर्दै नेपाली काँग्रेसलाइ कम नआँक्न चेतावनी समेत दिए । संसदमा काँग्रेस दोस्रो भएपनि जिम्मेवारीको दृष्टिकोणले काँग्रेस...
इतिहासमै पहिलो पटक टेलिकमले उपभोक्तालाई क्षतिपूर्ति तिर्दै, कारण यस्तो छ
पोखरा, ७ वैशाख । सेवा प्रवाहमा ढिलाई गरेका कारण नेपालमै पहिलो पटक सार्वजनिक सेवा प्रदायकले उपभोक्तालाई क्षतिपूर्ति तिर्ने भएको छ । नेपाल टेलिकमका उपभोक्ता अपिल त्रिपाठीले टेलिकमले सेवा प्रवाहमा ढिलाई गरेको र गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै उपभोक्ता संरक्षण ऐन २०५४ को दफा २२ बमोजिम जिल्ला क्षतिपूर्ति समिति कास्कीमा एक लाख क्षतिपूर्ति मागगर्दै उजुरी दिएका...
बढी भाडा लिने १७ ट्याक्सी चालकलाई कार्वाही
पोखरा, ७ वैशाख । कास्की प्रहरीले पोखरामा ट्याक्सीहरुको चेकजाँचको क्रममा मिटरमा तोकिएको भन्दा बढी भाडा लिने १७ ट्याक्सी चालकलाई कार्वाही गरेको छ । बढी भाडा लिई तथा मिटरमा जान नमान्नी यात्रु ठगी गरेको भन्ने गुनासोका आधारमा स्विप अप्रेशनको क्रममा ट्याक्सी मिटरमा नै जान नमान्ने तथा तोकिएको भाडा दर भन्दा बढी भाडालिएको पाईएकोले कार्वाही गरेको प्रहरीले...
वैदेशिक रोजगारीको अनुभव यस्तो छ उनीहरुको
पोखरा, ६ वैशाख । वैदेशिक रोजगारीपछि फर्केका युवाहरुले पोखरामा बुधबार बैदेशिक रोजगारीका क्रममा भोगेका अनुभव सुनाएका छन् । नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ कास्कीले पोखरामा बुधबार आयोजना गरेको कार्यक्रममा उनीहरुले अनुभव सुनाएका हुन्। कार्यक्रममा मलेसियाबाट फर्केका गंगाबहादुर गुरुङले मेनपावर र एजेण्टले नै फसाउदाँ वैदेशिक रोजगारीले रुनु र हाँस्नु पार्ने गरेको बताए । चार महिनामै...
मणिश्रीले भने – ‘गभर्नरमा विजयी गराएर सुधारको जिम्मेवारी पाउनेमा ढुक्क छु’
पोखरा, ५ वैशाख । डिष्ट्रिक्ट ३२५ बी १ नेपालको छैठौं महाधिवेशनमा गभर्नरका उम्मेदवार मणिश्री रत्न बज्राचार्यले लायन्सभित्रका बिकृति, बिसंगति अन्त्यका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । उनले लायन्सका गतिविधिलाई समाजले वाहवाह गर्ने खालको बनाउन जरुरी भएको बताए । लायनले कार्यक्रम गरी फोटो खिच्ने, फेसबुकमा राख्ने र साथीलाई कमेन्ट गर्न लगाउन भन्ने आरोप छ उनले...