मूख्य समाचार

कास्कीमा कोभिड १९ विरुद्वको दोस्रो खोप जेठ १३ र १४ गते
पोखरा, १२ जेठ । कास्कीमा कोभिड १९ विरुद्वको दोस्रो मात्राको खोप जेठ १३ र १४ गते लगाइने भएको छ । फागुन २३ गते अघि पहिलो प्राथमिकतामा परेर कोभिड १९ विरुद्वको कोभिशिल्ड खोप लगाएकाहरुलाई दोस्रो मात्राको खोप लगाउन लागिएको हो । त्यतिबेला पहिलो मात्रामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीलाई प्राथमिकता दिइएको थियो । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख...
कास्कीका पाँच दलद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्व एकजुट हुन आव्हान
पोखरा, ११ जेठ । कास्कीका क्रियाशील पाँच राजनीतिक दलले राष्ट्रपति र प्रधानमन्त्रीबाट प्रतिनिधि सभा विघटन गरी प्रतिगमनकारी कार्य भएको भन्दै त्यस कदम विरुद्व एकजुट हुन आव्हान गरेका छन् । नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी राष्ट्रिय हितको रक्षाका लागि दृढतापूर्वक अगाडि बढ्न आव्हान...
बजारमा घट्यो, गाउँमा फैलियो
म्याग्दी, ११ जेठ (रासस) । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण...
सतर्क रहनुहोस्,नेपालमा चक्रवातको असर देखिदै
काठमाडौँ, १० जेठ (रासस) । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ । सो...
जेठ १२ गते चन्द्रग्रहण, नेपालबाट नदेखिने
काठमाडौँ, १० जेठ (रासस) । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी...
कोरोना संक्रमण तीन प्रदेशमा घट्दै,चार प्रदेशमा बढ्दै
काठमाडौँ, ९ जेठ (रासस) । नेपालका कोभिड–१९ को सङ्क्रमण दर यस साता घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा यस साता सङ्क्रमण दर घटेकोे जानकारी दिइएको हो । इपिडिमियोलोजिष्ट तथा काठमाडौँ विश्वविद्यालयका उपप्रध्यापक डा अर्चना श्रेष्ठले गत साताको तुलनामा यस साता ५.७ प्रतिशतले सङ्क्रमण दर घटेको दावी गर्नुभयो । पछिल्लो...
जङ्गली च्याउ खाँदा नौ बिरामी
किमाथाङ्का, ९ जेठ (रासस) । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिनुभयो । जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताउनुभयो ।...
१५ दिन भित्र कोरोना नियन्त्रणमा आउँने दावी गर्दै अनुष्ठानको तयारी
पोखरा, ८ जेठ । १५ दिनमा कोरोना नियन्त्रणमा आउने दावि सहित अनुष्ठानको तयारी भएको छ । सबै जना १५ दिनसम्म घरभित्र नै बस्ने र अनुष्ठानमा भनिए अनुसार गरे कोरोना महामारी नियन्त्रण हुने दावि गरिएको छ । नयाँभेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट मुक्तिका लागि यही जेठ १२ गतेदेखि १५ दिने हिमालयन सिद्ध महायोग अनुष्ठान गर्न लागिएको शनिवार...
संविधान रक्षाका लागि एकजुट हुन सभापति देउवाको आह्वान
काठमाडौँ, ८ जेठ (रासस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गर्नुभएको छ । उहाँले आज वक्तव्यमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक र न्यायिक लडाइँ लड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । उहाँले एकपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिन...
बन्दाबन्दीमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता
डोटी, ८ जेठ (रासस) ।बन्दाबन्दीको समयमा यात्रु बोक्ने दुई चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको बन्दाबन्दीको अवज्ञा गरी यात्रु बोकेको भन्दै यहाँस्थित प्रहरीले दुईवटा जीप तथा चालकलाई नियन्त्रणमा लिई कानूनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर...
महाकाली नदीबाट १० मजदुरको उद्धार
महेन्द्रनगर, ७ जेठ (रासस) ।कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुलमा कार्यरत १० मजदुरको शुक्रबार दिउँसो उद्धार गरिएको छ । पुलसँगै महाकाली नदीमा बनिरहेको टापूमा मजदुरका रूपमा काम गरिरहेका ती मजदुर बिहीबार रातिदेखि आएको बाढीका कारण फसेका थिए । यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेक, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले टापूमा बसेका तिनीहरूको सकुशल...
एउटै बस्तीमा १३ को मृत्यु
महोत्तरी, ७ जेठ (रासस)। महोत्तरीको भङ्गाहा नगरपालिका–४ को एउटै बस्तीमा पछिल्लो १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । कोभिड–१९ बाट रामनगर बस्तीमा दुई सातामा १३ जनाको मृत्यु भएको हो । मृतकमध्ये ५० वर्षीया एक महिलाबाहेक कसैको पिसिआर परीक्षण भएको थिएन । चारैतिर कोभिड–१९ सङ्क्रमणबाट धमाधम मान्छे मर्न थालेपछि बस्तीमा त्रास फैलिएको छ । मृतकमध्ये...