काठमाडौँ, १० कात्तिक (रासस) । चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ...
सुदूरपश्चिम, १० कात्तिक (रासस) । धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा क्षेत्रको जुगेडा गाउँमा रहेको प्रहरी पोष्टका दुई प्रहरीको हत्या घटनामा संलग्न हुने नौ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले हत्या घटनामा संलग्न धनगढी–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु...
मङ्गलबारे, ९ कात्तिक (रासस) । इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् । एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख...
सिमकोट, ९ कात्तिक (रासस) । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पु¥याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो । उपचारका लागि छोरा...
पाँचथर, ८ कात्तिक (रासस) । फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिनुभयो । दुर्घटनामा अन्य...
कास्की, ८ कात्तिक (रासस) । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले...
नारायण ढुङ्गाना काठमाडौँ, ७ कात्तिक (रासस) । मनसुन सकिएको हप्तापछि बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ । ती जिल्लाले भौतिक तथा मानवीय क्षतिसमेत बेहोरेको छ । सात प्रदशेमध्ये सबैभन्दा बढी प्रदेश नं १ ले मानवीय क्षति बेहोरेको छ...
पोखरा, ६ कात्तिक पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणि भद्र शर्माले काँग्रेसले बहुमत ल्याउने गरी निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउनु भएको छ । कास्कीको माछापूच्छ«े गाउँपालिका वडा नं ३ घाचोक इकाइ समिति र पोखरा महानगरपालिका वडा नं २५ इकाइले समितिले शनिवार आयोजना गरेका छुट्टाछुट्टै कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । देशको विकास र...
गण्डकी, ६ कात्तिक (रासस) । पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड–२०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्नुहुने व्यक्तिलाई सम्मान गरेको छ । लोकदोहोरीको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु हुने लोकगायिका हरिदेवी कोइरालालाई लाइफ टाइम अचिभमेन्ट, दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि र गुरुङ चलचित्रका महानायकको उपाधिबाट चलचित्रकर्मी तारा गुरुङलाई सम्मान गरिएको हो...
पोखरा, ५ कात्तिक । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औंषधी खुवाइने भएको छ । सरकारले देशव्यापी रुपमा कात्तिक ७ र ८ गते कार्यक्रम संचालन गर्न लागेको हो । यो कार्यक्रम अन्तर्गत ६ महिनादेखि १२ महिनासम्मका बालबालिकालाई आधा र १२ महिना पूरा भएदेखि ५ वर्ष मूनिका बालबालिकालाई एक क्याप्सुल भिटामिन ‘ए’ खुवाइने छ । त्यस्तै, १...
काठमाडौँ, ५ कात्तिक (रासस) । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहे पनि देशभर आंशिकदेखि सामान्य बदली र केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी...