न्यूजपाली हेडलाइन

टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा
यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा छ । नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको टीकाको साइत अनुसार, कात्तिक ७ गते बिहान ११ बजेर दुई मिनेटमा टीका लगाउँदा राम्रो छ । विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा...
दसैँमा चङ्गा उडाउने संस्कृति हरायो
रामपुर (पाल्पा), २ कात्तिक : दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ । विभिन्न रङरोगनले सिँगारिएका बस्ती, बाटो, घर वरपर सरसफाइले सुन्दर बनेका गाउँबाट आकाशमा चङ्गा उडाउँदा दसैँको रमझम बढाउने गरेको लेखनाथ शर्मा...
नवरात्रको पाँचौं दिन स्कन्दमाता भगवतीको पूजा आराधना गरिँदै
बडादशैँको पाँचौं दिन आज दुर्गा भवानीका ९ रुपमध्ये पाचौं रुप स्कन्दमाता भगवतीको विधिपूर्वक पूजाआजा गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा...
‘प्रवासमा नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका अपेक्षा’
काठमाडौँ, १ कात्तिक : नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) ले आयोजना गरेको ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सङ्ख्यात्मक भन्दा गुणत्मक पत्रकारिता गर्न आग्रह गनुभयो । “थोरै समाचार प्रकाशन गर्नुस् र मौलिक पत्रकारितालाई विशेष ध्यान दिनुहोस्”, उहाँले भन्नुभयो, “समाचार कति...
त्रिभुवन विमानस्थलबाट दैनिक १ सय १३ अन्तर्राष्ट्रिय उडान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ९० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन् । सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी एक सय १३ उडान/अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आज पनि अन्तर्राष्ट्रियतर्फ एक सय १० उडान भएको । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानको चाप बढेको...
नवरात्रको दोस्रो दिन : विधिपूर्वक गरियो ब्रह्मचारिणी देवीको पूजा आराधना
काठमाडौँ, २९ असोज : नवरात्रको दोस्रो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रको दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेमा ब्रह्मतत्वको ज्ञान गर्न सकिने धार्मिक विश्वास छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने...
गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो
गोरखा, २८ असोज : गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए । परम्पराअनुसार बिहान सबेरै (बिहान नाडीको रौ देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी गराएपछि कालिका भगवतीको मन्दिर र गोरखनाथ गुफामा जमरा राखिएको उनले...
पोखराको तालचोक-बेगनास सडक अब चार लेन
पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नम्बर ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकोमा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ । ‘ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण सुरु भएको हो,’ महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भने, ‘सरासर काम भयो भने २०८१ भित्र सडक बनिसक्छ, निर्माण कम्पनीको...
नेपाली नागरिक बोकेर इजरायलबाट नेपाल उड्यो जहाज
युद्धग्रस्त इजरायलमा रहेका २ सय ५३ नेपाली नागरिकको उद्धार गरी नेपाल एयरलाइन्सको विमान देशतर्फ उडेको छ । अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थी सहित परराष्ट्रमन्त्री एनपी साउद लगायत सरकारी अधिकारी सवार विमान नेपाल उडेको हो । उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । नेपाली...