न्यूजपाली हेडलाइन

रिगलको कैद मिनाहा बदर, पुन: पक्राउ गर्न सर्वोच्चको आदेश
राष्ट्रपति रामचन्द्र पौडेलले ‘रिगल’ भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहालाई तत्काल बदर गर्न सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश गरेको छ । साथै इजलासले रिगललाई पुन: पक्राउ गरी कारागार चलान गर्न पनि परमादेश दिएको हो । सर्वोच्चका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्‍को सिफारिसमा गरेको कैद...
क्रिकेट
ओमानसँग पराजित भएपछि नेपाल समूह उपविजेता
आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल समूह ‘ए’ को उपविजेतामै सीमित भएको छ। लगातार दुई खेल जितेर सेमिफाइनलमा स्थान पक्का गरेको नेपाल बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा ओमानविरूद्ध मध्यक्रमको ब्याटिङ नचल्दा ५ रनले पराजित भयो। नेपाललाई पराजित गरेको ओमान भने समूह विजेता बनेर अन्तिम चारमा पुग्यो। नेपालले सेमिफाइनलमा यूएईसँग खेल्नेछ । सेमिफाइनल जितेर फाइनलमा स्थान पक्का...
बाढीले उजाडेको कागबेनी कहिले होला पुनःनिर्माण ?
गण्डकी । कागखोलाको विनाशकारी बाढीले थातथलो उजाडेपछि कर्मा गुरुङ अहिले पनि परिवारसहित आफन्तको आश्रयमा छिन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा गत साउन २८ गते सम्साझैँ आएको बाढीले उनको उठिबास गराएको थियो । पचास वर्षीया कर्माका यी दुर्दिन अझै कतिञ्जेल लम्बिने हुन् ? कुनै ठेगान छैन । ‘आफ्नो भन्ने केही बाँकी रहेन, सबै जायजेथा बाढीले...
पर्यटकीय गन्तव्य बन्यो म्याग्दीको आलडाँडा
म्याग्दी, १५ कात्तिक : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाँडा केही वर्षअघिसम्म सुुनसान थियो । समुन्द्री सतहदेखि दुई हजार छ सय २० मिटर उचाइमा रहेको आलडाँडामा सडक, यातायात, पदमार्ग र खानेबस्ने व्यवस्थासँगै पर्यटकीय गन्तव्यका रुपमा विकास हुुन थालेको छ । स्थानीय अगुवा भक्तबहादुर पुर्जाले आलडाँडाको सौन्दर्यका बारेमा प्रचारप्रसार र पूूर्वाधार निर्माणसँगै पर्यटक आउन थालेका बताउनुभयो...
अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसङ्घले सहयोग गर्छ : महासचिव गुटरेस
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्रक्रियामा राष्ट्रसङ्घले सघाउने प्रतिवद्धता जनाएका छन् । सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै गुटरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुनेक्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसङ्घले भूमिका खेल्ने प्रतिवद्धता जनाएका हुन् । नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ । “नेपाल...
‘विश्व शान्ति र दिगो विकास लक्ष्य प्राप्तिमा राष्ट्रसङ्घको भूमिका महत्वपूर्ण’
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहालले रात्रिभोजको आयोजना गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा संविधानसभाले संविधान जारी गरेपछि सङ्घीय प्रणालीका तीनवटै तहमा लोकतान्त्रिक निर्वाचनअन्तर्गत लगातार दुई चक्रमा भएका निर्वाचनले नेपाललाई शान्ति, स्थायित्व, लोकतन्त्र तथा समृद्धिको मार्गमा अघि बढाएको बताएका छन् । शान्ति प्रक्रियाका बाँकी काम पूरा...
कोजाग्रत पूर्णिमा, कांग्रेसको चियापान र राजनीतिक संस्कार
आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले विगतमा झैं यो वर्ष पनि कोजाग्रत पूर्णिमाका अवसरमा नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष...
सामुहिक हत्या हुन सक्ने मुगु घटना, अनुसन्धान गर्न प्रहरी टोली परिचालन
सामूहिक हत्याको आशङ्का गरिएको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली आज बेलुका घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँतर्फ प्रस्थान गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भीम ढकालका अनुसार मुगु घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली मुगुतर्फ हिँडेको छ । प्रहरी नायव महानिरीक्षक ढकालका अनुसार...
अमेरिकामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गयो
अमेरिकाको मेनी राज्यको लुइस्टन सहरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २२ जनाको ज्यान गएको छ । स्थानिय प्रहरीका अनुसार कम्तीमा ५० भन्दा बढी घाइते भएका छन् । प्रहरीले सबैलाई सचेत रहन आग्रह गरेको छ। स्थानिय लुइस्टन प्रहरीले अन्धाधुन्ध गोली चलाउने व्यक्तिको पहिचान गरेको छ । प्रहरीका अनुसार ४० बर्षका रोर्बट काड हुन् । प्रहरीले सामाजिक...
राष्ट्रपति र पूर्वराजाले सर्वसाधारण तथा नेता कार्यकर्तालाई लगाईदिए दशैंको टीका
विजयादशमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारण, अतिविशिष्ट तथा विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाइदिएका छन्। राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश, सभामुख, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारी लगायतलाई शीतल निवासमा टीका जमरा लगाइदिएका हुन्। राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका तथा जमरा लगाइ शुभकामना दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंका...