न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

भूकम्प गयो
पोखरा, २७ माघ । आज बिहान भूकम्प गएको छ । आज बिहान ८ बजेर ५२ मिनेट जाँदाको समयमा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको थियो ।
पोखरामा बस र स्कुटर ठोक्किदा एकको मृत्यु
पोखरा, २६ माघ । पोखरामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पोखरा बुढीबजार निवासी अन्दाजी २६ वर्षीया रेजिना आचार्यको मृत्यु भएको हो । ना.८.ख ५२५१ नम्बरको बसले ग. १५.प २४७६ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक आचार्यको मृत्यु भएको हो । दुर्घटना पोखराको पृथ्वीचोकस्थित चाइनापुल नजिकै दुर्घटना भएको प्रहरीले जनाएको...
जरोटुप्पोमा सम जयन्ती र सम्मान
पोखरा, २६ माघ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ । संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित समजयन्ती मनाएको हो । कार्यक्रममा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीलाई १० हजार एक सय राशिसहितको इन्द्र–हुमा स्मृति वाङ्मय सम्मान अर्पण गरिएको हो । भण्डारीलाई कोषका संस्थापक सीता...
प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई मणिपाल अस्पतालमा छुट
पोखरा,२५ माघ । पोखराको प्रतिभा मावि र मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य परीक्षण गराउँदा छुट दिनेबारे सम्झौता भएको छ । सम्झौता अनुसार अस्पतालले प्रतिभाका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्वास्थ्य परीक्षण गराउँदा विभिन्न क्षेत्रमा छुट दिनेछ । प्रतिभाका प्रिन्सिपल किरण सापकोटाका अनुसार दर्तामा सतप्रशित, जनरल बेडमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत, न्यूरो सर्जरी तथा अति विशिष्ट...
सडक र सवारी व्यवस्थापनमा परेका समस्या र समाधान बारे अन्तरक्रिया
पोखरा, २५ माघ । गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्दिराज गुरुङले पोखरा भित्र कार्यरत ट्राफिक प्रहरी सँग अन्तरक्रिया गर्नुभएको छ । शहरी क्षेत्रहरुमा दिनहु बढ्दै गईरहेको सवारी चाप र अपर्याप्त जनशक्तिका बाबजुद सडक र सवारी व्यवस्थापनमा परेका समस्या र समाधानका लागि अन्तरक्रिया गरिएको हो । कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरुलाई निर्देशन दिदै प्रहरी नायव महानिरीक्षक गुरुङले निरन्तर...
सोंथर बेँसी टारी बजार मेला – २०७९ को तयारी तिव्र
पोखरा, २५ माघ । सोंथर बेँसी टारी बजार मेला – २०७९ को तयारी तिव्र पारिएको छ । ‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रवद्र्वन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो । मेला फागुन १ देखि ३ गतेसम्म चल्नेछ । मेला करिब पाँच हजार जनाले अवलोकन गर्ने अपेक्षा...
सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव – २०७९ सुरु
पोखरा, २५ माघ । चापाकोट पर्यटन प्रवद्र्वन समितिको आयोजनामा चापाकोट देउरालीमा तेस्रो चापाकोट देउराली सामुदायिक होमस्टे साँस्कृतिक महोत्सव – २०७९ सुरु भएको छ । महोत्सव उद्घाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवाताल जोगाउन पोखरा –२३ का वडाबासीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । गण्डकी प्रदेशसभाका निर्वतमान सदस्य राजीव पहारीले पोखरा २३ को विकासको लागि आफूले...
कांग्रेसका शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यलाई सम्मान
पोखरा, २४ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले लोकतान्त्रिक प्रणालीमा नेतृत्वले लोक अर्थात् आम नागरिकका कुरा सुन्न र आंफ्नो बारेमा गरिएको आलोचनालाई समेत मनन गर्न सक्नुपर्ने कुरामा जोड दिनुभएको छ । नेपाली कांग्रेस कास्कीको शुभेच्छुक संस्था समन्वय समितिद्वारा आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै...
समस्यामा उद्योगी व्यवसायी
पोखरा, २३ माघ । कर्जाको ब्याजदर बढेको छ । अर्थतन्त्र संकुचनमा छ । बजारमा ‘चेक बाउन्स’का घटनाहरु बढ्दा छन् । कालोसूचीमा पर्ने व्यवसायीहरुको संख्या पनि पछिल्लो आर्थिक वर्षमा उकालो लागेको देखिएको छ । कतिसम्म भने व्यवसायीहरु लामो कथा लेखेर मृत्युवरण गर्न अभिषप्त भएका छन् । आखिर यो परिस्थितिको कारक हो र समस्याबाट निस्कने कसरी ?...
नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्कीको अध्यक्षमा रानाभाट
पोखरा, २१ माघ । नेपाल वित्तिय संस्था कर्मचारी संघ कास्की जिल्ला कार्यसमितिको नवौं अधिवेशनले याम बहादुर रानाभाटको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा कृष्णप्रसाद वराल, सचिवमा सन्तोष सुवेदी, कोषाध्यक्षमा नवीन भण्डारी, र सदस्यमा शंकर भण्डारी, देवी लामिछाने, मुना जिसी, निलम लम्साल, सुनिता कार्की, गणेश आले, मञ्जु आले, अध्यक्षबाट मनोनित दुई सदस्यहरु...
चीनलाई होटल संघको अनुरोध पत्र
पोखरा, २१ माघ । चीनले यही माघ छ गते आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौं स्थित चिनिया राजदूतावासलाई एक आग्रह पत्र बुझाएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई लेखेको पत्रमा कोभिड १९ केही मत्थर हुँदै गर्दा...
आयोजक पोखरा महानगरपालिका ह्विलचेयर बास्केटबलको विजेता
पोखरा, २० माघ ।आयोजक पोखरा महानगरपालिकाको टिम प्रथम पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको विजेता बनेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिले शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना गरेको प्रतियोगितामा आयोजक नै विजेता भएको हो । हरियोखर्क अस्पतालको टिम द्वितीय र महिला–पुरुष सहभागी मिक्स टिम तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले...