न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । बुधवार नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो । बुधवार तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता शेयर ६१ हजार चार सय २० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४८...
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान
निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । इलाममा मा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन...
रुकुमपश्चिममा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण
रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ । बत्तीस हजार नौ सय ९६ लाभग्राही कायम भएकामा तीन हजार दुई सय ३० अस्थायी आवास निर्माणको चरणमा छन् । भूकम्प गएको पाँच महिना बितिसक्दा पनि सबै लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी...
काठमाडौँको फोहर विसर्जनमा स्थानीय बासिन्दाको अवरोध
विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट–धादिङ) ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्याण्डफिलसाइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर विसर्जनमा अवरोध गरेको हो । समितिका संयोजक श्रीराम ढुङ्गानाले सर्वपक्षीय भेलाबाट प्रस्तुत ११ बुँदे...
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पुराउनका लागि अध्ययन भईरहेको बताएका छन । जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईंसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट बुझाएको मागपत्र ग्रहण गर्दै मन्त्री गिरीले सर्वोच्च अदालतको फैसला, पीडितको भावना, अन्तर्राष्ट्रिय सन्धि सम्झौता सबैलाई मान्य हुने गरी सङ्क्रमणकालीन ऐन संशोधन गर्ने र यसका...
नेपाल प्रहरीले चार अर्ब तीन करोड ४४ लाख राजस्व सङ्कलन गर्यो
राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी सक्रिय रहेको छ । तस्करी नियन्त्रण गरी राजस्व सङ्कलन गर्ने क्रममा चालु आर्थिक वर्षको हालसम्म जम्मा चार अर्ब तीन करोड ४४ लाख ९६ हजार ५२९.४८ पैसा बराबरको राजस्व सङ्कलन भएको जनाइएको छ । उक्त राजस्व...
कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेको भागमा
सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा एमालले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्र समेत आएको इञ्चार्ज मल्लले जानकारी दिएका छन । मल्लले भने,...
विद्यार्थी अभाव भएपछि २५ सामुदायिक विद्यालय बन्द
काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन् । पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका हुन् । विद्यार्थीको अभावमा गाउँपालिका–७ स्थित २०३२ मा स्थापित स्वस्थानी माध्यमिक विद्यालय २०८० साल साउन महिनाबाट बन्द भयो । गाउँपालिका कार्यालयले शिक्षक र विद्यार्थीको अनुपात...
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिकाका उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन । व्यावसायिक च्याउखेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएकी छन । २०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेकी छन । “मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै...
समृद्धिको यात्रामा नेपाल र चीनको सहकार्य आवश्यक
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताएका छन । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका मन्त्री श्रेष्ठले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताएका हुन । मन्त्री श्रेष्ठले...
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि पेनाल्टि सु्टआउटका आधारमा नेपाल आर्मीको त्रिभुवन आर्मी २–१ गोल अन्तरले विजयी भएको हो । पेनाल्टि सुटमा आर्मीका लागि फत्तेमान...