न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले सरकारले अबलम्बन गरेका राम्रा नीतिको निरन्तरताले मुलुकमा लगानीको वातावरण बनाउन र लगानीकर्तालाई प्रतिफल प्राप्त गर्न सहयोग पुग्ने बताएका छन । तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित विभिन्न सञ्चार माध्यमका प्रधानसम्पादक तथा सम्पादकहरुसँगको छलफलमा अर्थमन्त्री पुनले सरकार परिवर्तन भएपनि सरकारी नीतिहरुले निरन्तरता पाउने र लगानीकर्तालाई लगानीको प्रतिफल लैजान समस्या नहुने बताए । उनले घरेलु...
कतारी राजाको दुईदिने राजकीय भ्रमण
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई दिने भ्रमणका क्रममा उनि मङ्गलबार अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जाँदैछन । कतारी अमिरको राजकीय भ्रमणका क्रममा...
सोलुखुम्बुको पिकेमा चौँरी महोत्सव सुरु
सोलुखुम्बुमा प्रथम ऐतिहासिक पिके चौँरी महोत्सव सुरु भएको छ । जिल्लाको लिखुपिके गाउँपालिका १ पिके आधार शिविरमा आजदेखि महोत्सव सुरु भएको हो । याक तथा चौँरी व्यवसायी सङ्घले आयोजना गरेको महोत्सव आगामी बिहीबारसम्म सञ्चालन हुनेछ । चौँरी कृषकलाई सम्मान, चौँरी र जलवायुसम्बन्धी अन्तरक्रिया, पिकेमा पर्यटन प्रवर्द्धनका लागि वृत्तचित्र निर्माण, याक तथा चौँरी व्यवसायी सङ्घको वेबसाइट...
देशैभर पुग्यो पाठ्यपुस्तक : जनक शिक्षा सामग्री केन्द्र
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुराएको छ । २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुराएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिएका छन । चैत १६ गतेदेखि केन्द्रले आफ्ना सात वटै प्रादेशिक कार्यालय, देशभरका वितरण केन्द्र एवं डिपो र एक हजार दुई सय ६७ वटा स्थानीय बिक्रेतामार्फत पुस्तक पुराएको उनले बताए ।...
रहेनन्, गजलकार पङ्गेनी
पोखराका चर्चित गजलकार एवं गीतकार प्रकट पङ्गेनी ‘शिव’ को ७० वर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । उनको मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले साहित्यकार पङगेनीको निधनमा दुख व्यक्त गर्दै उनको स्मरण नेपाली साहित्यले गरिरहने जनाए । कास्कीको...
नयाँ वर्ष शुभकामना
विक्रम संवत्को पात्रोअनुसार आजदेखि नयाँ वर्ष शुरु भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ...
ठमेल र दरबारमार्ग आजदेखि चौबिसै घण्टा खुला
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग...
कालीगण्डकी करिडोर
बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र
दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने चार सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक...
विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताए । भारतीय उद्योग परिसङ्घका प्रतिनिधिमण्डलसँगको भेटमा उनले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको बताए । प्रधानमन्त्री दाहालले विदेशी लगानीकर्तालाई सरकारले ‘लजिस्टिक’ सहयोग गर्ने उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरे । प्रतिनिधिमण्डलले प्रधानमन्त्री दाहालका साथै अर्थमन्त्री...
स्थायित्वका लागि निर्वाचन प्रणाली फेर्न आवश्यक : डा. शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकमा स्थायित्व कायम गर्नका लागि निर्वाचन प्रणलीमा सुधार गर्नुपर्ने बताएका छन । मिश्रित निर्वाचन प्रणलीका कारण ६/६ महिनामा सरकार परिवर्तन हुने गरेको र यसले मुलुकमा स्थायित्व कायम गर्न नसकेको भन्दै कांग्रेस नेता कोइरालाले निर्वाचन प्रणालीका बारेमा पुनःविचार गर्नुपर्ने बेला आएको बताएका हुन । नेपाली कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनको घोराहीमा...
पोखरामा ‘फेवा नव वर्ष’ महोत्सव
‘पर्यटन, संस्कृति र खाना’ को नारासहित देशको पर्यटकीय राजधानी सहर पोखराको फेवाताल किनारमा नेपाली नयाँ वर्ष २०८१ का अवसरमा १९औँं संस्करणको फेवा नव वर्ष महोत्सव हुने भएको छ । होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष धुमधामका साथ मनाउन र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नका लागि विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव गर्न लागेको हो । यही...
देशमै उद्यमशिल बनौं
दुनाटपरी उद्योगबाट राम्रो आम्दानी
हिजो आज घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उनका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न खुबै व्यस्त छन । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आएका हुन । घरको काम सकेर बचेको समय यही व्यवसायमा उनिहरुको दैनिकी बित्ने गरेको छ । यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १०...