न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कर्मचारीलाई तोकिएको स्थानमा साताभित्र हाजिर हुन निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा, पदस्थापन तथा काज खटाइएका कर्मचारीलाई एक साताभित्र तोकिएको स्थानमा हाजिर निर्देशन दिएको छ । बिज्ञप्ती जारी गरेर मन्त्रालयले कर्मचारीलाई यस्तो निर्देशन दिएको छ । कर्मचारीहरूले रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले एक साता दिनभित्र तोकिएको कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो । मन्त्री...
पब्जी मोबाइल प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा प्रवेश
एसियाली खेलकुद अन्तर्गत पब्जी मोबाइलको प्रतिस्पर्धामा नेपाली टिम दोस्रो चरणमा पुगेको छ। हाङझाउ इस्पोर्ट्स सेन्टरमा भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेको हो । समूहमा नेपाल सहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम प्रतिस्पर्धामा थिए। जसमा नेपाल उत्कृष्ट टाइममा दोस्रो हुन सफल भयो । समूहको शीर्ष स्थान दक्षिण कोरियाले हात...
शिख नेताको हत्यामा संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई भारतको चुनौती
भारतले शिख पृथकतावादी नेताको हत्यामा भारत संलग्न रहेको प्रमाण पेश गर्न क्यानडालाई चुनौती दिएको छ । निज्जर हत्याका बारेमा छलफल गर्न भारत तयार रहेको बताउँदै त्यस सम्बन्धमा क्यानडा सरकारसँग जानकारी समेत मागेको छ। भारत सरकारले हरदीपसिंह निज्जर हत्या सम्बन्धमा क्यानडाले उपलब्ध गराउने कुनै पनि विशेष सूचनामा आधारित भएर अनसुन्धान अघि बढाउन तयार रहेको स्पष्ट पारेको...
बैंकहरू मिटरब्याजी सरह भए : कांग्रेस नेता कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बैंकहरू मिटरब्याजी सरह भएको प्रतिकृया दिएका छन् । कांग्रेस नेता कोइरालाले कानुन अनुसार राष्ट्र बैंकले नियमन गर्ने व्यवस्था भए पनि बैंकहरुको ब्याजका कारण देशमा व्यवसायीहरु त्रसित भएको बताएका छन् । नेता कोइरालाले अहिले बैंकको ब्याजकै कारण व्यवसायीहरु आजित हुनुपर्ने अवस्था आएको र बैंकहरुले मिटर ब्याजीकै सरहमा व्यवहार गरिरहेको आरोप लगाए...
मैले सर्प पालनमा लगानी गरेको छैन-पूर्वप्रम खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले, आफुले सर्प पालनमा लगानी नगरेको स्पष्ट पारेका छन् । खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर बदनाम गरेको भन्दै आपत्ति जनाएका हुन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै, आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेकाले सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आवाज...
चीन भ्रमण सोचेभन्दा धेरै सफल : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमण सोचेभन्दा धेरै सफल भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले चीनको स्वशासित क्षेत्र ल्हासा पुगेर आफ्नो चीन भ्रमण आफुले सोचे भन्दा धेरै सफल भएको बताएका हुन् । प्रधानमन्त्री दाहाल ल्हासा पुगेकै अवसरमा त्यहाँ अवस्थित नेपाली महावाणिज्यदूतावासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, म अमेरिकादेखि नै आएँ र...
महानगरपालिका र अभियन्ता ईःबीच चार बुँदे सहमति
काठमाडौं महानगरपालिका र अभियन्ता ईःबीच चार बुँदे सहमति भएको छ । बुधबार साँझ महानगर र अभियान्ताहरुका बीच चार बुँदे सहमति भएको हो । सहमतीसँगै अभियन्ता ईःले १९९ घन्टादेखिको आन्दोलन स्थगित गरेका छन्। दुई पक्षबीच फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई फिर्ता गर्ने, अनौपचारिक...
क्यानडा भारत विवाद
क्यानडाबाट तत्कालका लागि भारतीय भिसा सेवा बन्द
भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको भिसा सेवा बन्द गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि भन्दै भिसा सेवा बन्द गरिएको जानकारी दिईएको छ । विगत केही समयदेखि बिएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका निम्ति भिसा, राहदानी, ‘कन्सुलर’, प्रमाणीकरण र नागरिक सेवा लगायतका काम गर्दै आएको छ । बिएसएले सरकारी र विश्वका विभिन्न...
ललिता निवास प्रकरण
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरूद्ध मुद्दा दर्ता नभएकोबारे कारण देखाऊ आदेश
सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराई विरूद्ध मुद्दा दर्ता नभएको विषयमा कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री द्वयविरूद्ध मुद्दा दायरको विषयमा सरकारका नाममा कारण देखाऊ आदेश गरेको हो। वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको...
शिक्षा विधेयक परिमार्जन गर्न कांग्रेसले जनायो प्रतिबद्धता
काठमाडौ । नेपाली कांग्रेसले संसदमा पेस गरिएको शिक्षा सम्बन्धी विधेयक परिमार्जन गर्न प्रतिबद्धता जनाएको छ । सरोकार वालाहरुसँगको छलफलमा कांग्रेसले ६ बुँदे सहमति सहित शिक्षकहरुको मागलाई सम्बोधन हुने गरी विधेयक परिमार्जन गर्न प्रतिबद्धता जनाएको हो । छलफलमा विभिन्न २० वटा संघ संस्थाहरुले आफूहरुको माग सम्बोधन हुनेगरी विधेयक परिमार्जन गर्न कांग्रेस नेताहरुको ध्यानाकर्षण गराएका थिए ।...
अमेरिकाज क्षेत्रिय संयोजक (आरसी) पदमा बस्नेतको उम्मेदवारी
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३-२०२५ कार्यकालका लागि अमेरिका निवासी बेदराज बस्नेतले अमेरिकाज क्षेत्रको क्षेत्रिय संयोजक (आरसी) पदमा उम्मेदवारी दिएका छन् । लामो समयदेखी एनआरएनए अभियानमा रहेका बस्नेतले प्रवासी नेपालीहरुको हकहित र संस्थाको संस्थागत बिकासका लागि आफ्नो उम्मेदवारी रहेको जानकारी गराएका छन् । बस्नेतले जारी गरेको प्रेस बिज्ञप्ती यस प्रकार रहेको छ ।...
चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन प्रधानमन्त्री दाहालको आग्रह
साताव्यापी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा लगानी गर्नका लागि त्यहाँका ब्यापारीहरुसँग आग्रह गरेका छन् । नेपाल-चाइना बिजनेस समिटलाई सम्बोधन गर्दै, प्रधानमन्त्री दाहालले लगानी गर्न उपयुक्त मुलुक भएको भन्दै चिनियाँ व्यवसायीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका हुन्। प्रधानमन्त्री दाहालले जलविद्युत, कृषि, पर्यटन र यातायात क्षेत्रमा लगानी गर्न नेपालमा अपार संभावना भएको बताउँदै उनले...