न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

प्रवासी नेपालीहरुले एक स्वरमा भने, हामी नागरिकताको निरन्तरताका लागि लडिरहनेछौं
आइतवार अमेरिका र नेपालबाट एकै साथ संचालित न्यूजपाली डटकमले एनआरएनए नागरिकता कि नागरिकताको निरन्तरता बिषयक जुम मार्फत खुल्ला छलफल कार्यक्रमको आयोजना गरेको छ । बिगत २१ बर्षदेखी प्रवासमा रहेका नेपालीहरुले माग राख्दै आएको नागरिकताको निरन्तरताका लागि सहयोग पुगोस भन्ने हेतुले न्यूजपाली डटकमले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक तथा पूर्व कानुन...
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
न्यायपरिषदले उच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बागचन्दलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरेको छ। उच्च अदालत जनकपुरमा रहेका बागचन्दलाई उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा सिफारिस गरिएको हो। शुक्रबार न्याय परिषदको देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको हो। जसमा न्याय सेवाबाट २५, सरकारी वकिलबाट ६ र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको प्रवक्ता...
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले शुक्रबार छुट्टा छुट्टै विज्ञप्ति जारी गरी विदेशसचिव मिश्री दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउने जनाएका हुन्। परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। भारतीय विदेश सचिवको नेपाल भ्रमण नियमित भएको भारतको विदेश मन्त्रालयले जनाएको छ।...
सगरमाथा आरोहण सफल गर्ने प्रथम महिला पासाङ ल्हामु शेर्पाको सम्मानार्थ
चन्द्रमाको एक टापुको नाम अब ‘ल्हामु क्रेटर’
चन्द्रमाको एक क्रेटरलाई अब सगरमाथा आरोहण सफल गर्ने प्रथम महिला पासाङ ल्हामु शेर्पाको नामबाट चिनिने भएको छ । अन्तर्राष्ट्रिय खगोलिय संघको ग्रह प्रणाली नामाकरण समुहले चन्द्रमाको एक क्रेटरलाई ल्हामु नाम स्किृत गरेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले गरेको घोषणा अनुसार, सगरमाथा आरोहरण गर्ने प्रथम महिलाको सम्मानार्थ चन्द्रमाको दक्षिण धु्रवको एक महत्वपूर्ण पर्वतको शिखरमा रहेको क्रेटरलाई...
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे । विदेशबाट फर्केपछि हाल उनि घोराही उपमहानगरपालिका–१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन । बुढासहित ६ जना ड्रागनफ्रुट खेतीमा संलग्न छन । छपन्न वर्षीय बुढा सोह्र वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बसे । ड्रागनफ्रुट खेतीबाट आफनै देशमा मनग्य आम्दानी गर्न पाउँदा उनि खुशी छन । ड्रागनफ्रुट...
संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै संस्थागत शेयर धितो कर्जामा तोकिएको अधिकतम सीमा खारेज गरेको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जामा मौद्रिक नीतिले केही नयाँ व्यवस्था ल्याएको छैन । “मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि बैंक तथा...
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा : ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा पुर्‍याउने लक्ष्यसहित सरकार अगाडि बढेको बताएका छन । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घको २०औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले हाल ९८ प्रतिशत क्षेत्रमा विद्युतीकरण भइसकेकाले दुई वर्ष अगावै लक्ष्य भेट्नेगरी देशभर विद्युतीकरण गरिसक्ने बताएका हुन । “ऊर्जा क्षेत्रको...
भारतमा बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार
भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिएका छन । उनका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए । महिला, बालबालिका तथा ज्येष्ठ...
सौर्य एयरलाइन्स
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासी ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साथी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाए । बानेश्वर निवासी केसी नियमित झै पशल खोलेर साथीभाइसँग...
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
बङ्गलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरुले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् । ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थी स्वदेश फर्किरहेका छन् । परराष्ट्र मन्त्रालयले आइतबारसम्म एक हजार दुई सय विद्यार्थी स्वदेश फर्किसकेका जनाएको छ । आइतबार नेपाल फर्किएका ढाकास्थित विभिन्न कलेजमा चिकित्साशास्त्र विषयमा अध्ययनरत...
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
सर्लाही प्रहरीले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनास्थल नजिकैबाट घरेलु हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनास्थलबाट ५० मिटर उत्तर–पश्चिम बाँसको झाङबाट घरेलु हतियार ‘फरसा’ बरामद भएको हो । रगत लत्पतिएको अवस्थामा फेला परेको हतियार पूर्वराज्यमन्त्री रायको हत्यामा प्रयोग भएको हुन सक्ने प्रहरीको आशङ्का...
देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा
बाढीपहिरो तथा अन्य कारणबाट मुलुकभरका नौवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध र एक सय ५९ सडकखण्ड एकतर्पी रूपमा सञ्चालनमा आएका छन् । सडक विभागले जारी गरेको तथ्याङ्कअनुसार गएको २४ घण्टामा नौवटा सडकखण्ड पूर्ण रूपमा र एक सय ५९ सडकखण्ड हाल एकतर्फी सञ्चालनमा आइरहेका छन् । विभागका अनुसार डुम्रे–बेंसीसहर–चामे, तानसेन–रिडी–कोरला, पुष्पलाल (मध्यपहाडी) राजमार्गको बागलुङ, र डोटीलगायत सडकखण्ड...