पोखरा, १९ कात्तिक /आइतबार साँझ पोखरा लेखनाथ महानगरपालिका ५ फिर्केको पुलमा मोटरसाइकल दुर्घटना हुदाँ एक जना घाइते भएका छन् । ग ५ प ४८२० नम्बरको मोटरसाइकल अनियन्त्रीत भई फिर्केको पुलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुघटनामा परि पोखरा लेखनाथ महानगरपालिका २४ कास्की कोटका ३२ बर्षिय कृष्ण प्रसाद सुबेदी घाईते भएका छन् । उनको...
पोखरा, १९ कार्तिक/ डाइनामो जडित सानो मेसिन । मात्र ५७ किलोग्रामको तौल । बगेको सानो कुलो । पोखराको बिरौटोमा रहेको रामन्दिरनेरको नहरमा राख्नासाथ डाइनामो घुमिहाल्यो । राममन्दिर क्षेत्र उज्यालो बनिहाल्यो । नेपाल सरकार, जनसङ्ख्या तथा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र,जापानिज सहयोग नियोग (जाइका), पोखरा उद्योग वाणिज्य संघ तथा इवासेईको संयुक्त पहलमा राममन्दिर प्राङ्गणमा पिको...
गोरखा १९ कार्तिक । भिमसेन गाउँपालिकाको केन्द्र र नाम परिवर्तन गर्ने विषयमा विवाद हुँदा आइतबार साँझ भिमसेन–५ बगुवामा खुकुरी हानाहान भएको छ । कांग्रेस, माओवादी विवादका कारण युवाहरुबीच खुकुरी हानाहान भएको हो । दुई पक्ष बीचको झडपमा कांग्रेसका स्थानीय सबिन बानिँया, माओवादीका सुजन श्रेष्ठ र सुमन श्रेष्ठ गरी तीन घाइते भएका छन् । घाइतेहरुको टाउकोमा...
गण्डक न्युज पोखरा, १९ कार्तिक / बाम गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन नेकपा एमाले र माओवादी केन्द्रका विद्यार्थी घटक अनेरास्ववियु र अखिल (क्रान्तिकारी ) कास्कीले अभियान सुरु गरेको छ । दुई विद्यार्थी संगठनले संयुक्त बिस्तारित बैठक बसेर निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । पृथ्वीनारायण क्याम्पसमा नेकपा एमाले केन्द्रिय सदस्य एवं कास्की क्षेत्र नं. २ प्रतिनिधि...
हङकङ । सहारा क्लव हङकङले आयोजना गरेको तेस्रो सहारा साँझबाट २२ लाख ५३ हजार पाँच सय सात रुपैयाँ (१७०,७६ हङकङ डलर) बचत भएको छ । संस्थाले आईतवार एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरेको हो । संस्थाका सहकोषाध्यक्ष कुमार गुरुङले सार्वजनिक गरेको आयव्यय विवरण अनुसार संस्थाले तेस्रो सहारा साँझबाट ४७ लाख ८१ हजार पाँच...
गण्डक न्युज पोखरा, १९ कार्तिक / अब पोखराको चोकमा रहेका सबै शालिकहरु पार्कमा राखिने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले यही योजनाका साथ पोखराको पृथ्वीचोक स्थित लखन थापामगरको शालिक रहेको आइल्याण्ड हटाएको थियो । तर मगर संघ सहित आदिवासी जनजाति संघको दबाबका कारण आकार सानो बनाएर निर्माण कार्य सुरु भएको थियो । अहिले सकिनेबेला यो...
सचिन रानाभाट पोखरा, १९ कात्तिक । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं २ नाउडाँडाकी दुवै मृगौला फेल भएकी ३० वर्षिय गंगा दाहालले आफुलाई बचाउन अस्पतालको बेडबाट आग्रह गरेकी छन् । दाहालको आर्थिक अवस्था कमजोर रहेको र पैसा नभएर नै आफुहरुले आम नेपाली दाजुभाईलाई सहयोगको लागि अपिल गरेको गंगाका श्रीमान होमनाथ दाहाल (ऋषिराम)ले बताउनुभयो । स्वास्थ्य स्थिति...
सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री थिए । एक दिन मन्त्रिपरिषद् बैठकको ठीक अघि पण्डितले प्रधानमन्त्रीसँग १० मिनेटको समय मागे । कोइरालाले पण्डितलाई खबर पठाए, ‘हुन्छ, आउनुहोस् ।’ प्रधानमन्त्रीको बैठक कोठामा सुरक्षा अधिकृत र केही सहयोगी थिए । पण्डितले प्रधानमन्त्रीसँग ’वान टु वान‘ कुरा गर्न चाहेको बताए । सुशीलले इशारा गरेपछि अरु...
पोखरा, १८ कार्तिक / नेपाल प्रहरीले चार जना भारतीयलाई पोखराबाट पक्राउ गरेको छ । काठमाण्डौंको कमलादीबाट पेस्तोलसहित दुई जना भारतीय सुटर पक्राउ परेको घटना सेलाउन नपाउदै पोखरा प्रहरीले ४ भारतीयलाई शुक्रबार राति पोखराको सिद्धार्थ चोकबाट पक्राउ गरेको छ । पोखरा प्रहरी प्रमुख एसपी अशोक सिंहले चार जना भारतीय सुटरसहित १२ जनालाई शुक्रवार राति पक्राउ गरिएको...
पोखरामा शनिबार दुई जना पत्रकारहरु सम्मानित भएका छन् । सम्मानित हुने पत्रकारहरुमा विग एफएमका समाचार संयोजक माधव पनेरु र क्रियाशील पत्रकार महिला समूह पश्चिमाञ्चलकी संयोजक सरिता तिम्सिना पंगेनी रहेका छन् । नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ बाट युवा पत्रकार माधव पनेरु सम्मानित भएका हुन् भने पत्रकार महासंघ कास्की शाखाद्वारा नै सञ्चालित...
रञ्जन अधिकारी पोखरा, १८ कार्तिक / पोखराको पृथ्वीचोक नजिकै नयाँबजार क्षेत्रमा शनिबार मध्यान्ह सवारी चल्न सकेनन् । प्रहरीले आफ्नै भ्यानले पेलेर प्रदर्शनकारीलाई बलजफ्ती तितरवितर पारेपछि मात्र सवारी आवागमन खुल्ला भयो । सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका थिए । शुक्रबारदेखि नै आन्दोलित उनीहरु शनिबार मध्यान्ह नयाँबजार सडक नै बन्द गरी टायर बालेर...
रञ्जन अधिकारी पोखरा, १८ कार्तिक / सुत्केरीको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पताल अगाडि प्रदर्शन गरेका छन् । शुक्रबारदेखि नै आन्दोलित उनीहरु शनिबार मध्यान्ह नयाँबजार सडक नै बन्द गरी टायर बालेर अस्पताल, प्रशासन र प्रहरी विरुद्ध नाराबाजीमा उत्रिए । शल्यक्रिया मार्फत छोरो जन्माएकी स्याङ्जा अर्जुनचौपारी १ की गीता अर्याललाई शुक्रबार बिहान ५ बजे अस्पतालले मृत घोषणा...