काठमाडौं- नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई मनोनयन गरेको छ। सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधानको धारा २४ (३) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य शर्मालाई पार्टीको प्रवक्तामा मनोनयन गरेका हुन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका शर्मा कांग्रेसभित्र बौद्धिक र प्रष्ट वक्ताकोरुपमा चिनिन्छन्। स्रोतः नागरिकन्यूज
पोखरा, २५ पुस। पोखरामा आगामी माघमा आयोजना हुने १६ औं आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । प्रतियोगिता सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुँदैछ । यस वर्ष विजेता टोलीले सात लाख एक हजार र उपविजेताले तीन लाख...
पोखरा, २६ पुस। डा. गोविन्द केसी पक्राउको विरोधमा देशका विभिन्न स्थानमा प्रदर्शन भैरहेको छ। उनको पक्राउको विरोधगर्दै चिकित्साक्षेत्रदेखि दलका नेता र स्वतन्त्र नागरिक समेत प्रदर्शनमा सहभागि भैरहेका छन्। डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरी रातारात हिरासतमा राखेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको प्रधानमन्त्री देउवाको...
पोखरा, २५ पुस। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ३, हैबुङस्थित हैबुङ महादेवस्थान माविलाई सहारा युकेले पाँच लाख रुपैया प्रदान गरेको छ। भुकम्पबाट क्षतिग्रस्त भएको सो विद्यालय सहारा युकेले निर्माण गरिरहेको छ। विद्यालय भवनका लागि अन्तिम किस्ता स्वरुप सहारा युकेले ५ लाख रुपैया हस्तान्तरण गरेको हो। २० लाख रुपैयाको लागतमा निर्मित ५ कोठे विद्यालय भवनको...
काठमाण्डौं, २४ पुस। प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै आमरण अनशन सुरु गरेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ। अनशनस्थल त्रिभुवन शिक्षण अस्पताल महाराजगंजबाट उनलाई पक्राउ गरिएको हो। अनशनस्थलमा पक्राउ पूर्जी पढेर सुनाएर उनलाई नियन्त्रणमा लिइएको छ। चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी १४ औ पटक अनशन बसेका थिए।...
पोखरा, २४ पुस। राष्ट्रिय एकता दिवसका अवसरमा यही पुस २७ गते सार्वजनीक बिदा हुने भएको छ। सरकारले नेपाल राज्यभरका सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली नियोगसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सो दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ । विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६३ देखि अघिल्लो...
पोखरा, २४ पुस । प्रतिनिधिसभाका सदस्य रविन्द्र अधिकारीले पोखरा लेखनाथ महानगरपालिकाको वडा नं ७ र १५ लाई जोड्ने चोरसाँघुस्थित सेती नदी माथि वनेको पक्की पुलको सोमबार उद्घाटन गरेका छन्। स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जिल्ला समन्वय समितिको कूल .एक करोड ६० लाख ८९ हजार ८५६ को लागतमा पक्की पुल निर्माण गरिएको हो...
लमजुङ,२४ पुस । लमजुङको सुन्दरबजारमा वस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका-९ सिउडीबारको वस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् । गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको...
काठमाडौं – युवा बेरोजगार भत्ता व्यवस्थाको माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री शेरबहादुर देउवासामु आठ बुँदे ज्ञापन पत्र बुझाएका छन् । सोमबार नेविसंघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संविधान–२०७२ को भाग ३ को धारा ३५ ले व्यवस्था गरेको मौलिक हकअन्तर्गत नियमित विद्यार्थीलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्न माग गरेको हो...
काठमाण्डौं, २४ पुस। प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै डा. गोविन्द केसी फेरि आमरण अनशन बसेका छन्। चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह गर्दै आएका डा. गोविन्द केसी १४ औ पटक अनशन बसेका हुन्। न्यायलयलाई व्यक्तिगत स्वार्थपूर्ति गर्ने माध्यम र आफ्ना न्यायिक अपराध छोप्ने खोल बनाएको भन्दै उनले भने – ‘न्यायालयको मर्यादा बचाउन पनि भ्रष्ट...
पोखरा, २३ पुस । प्राध्यापकहरुले नेपाली काँग्रेसलाई मासबेसबाट ‘क्याडरबेस’ बनाउन सुझाव दिएका छन्। प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल पृथ्वीनारायण क्याम्पसले गरेको काँग्रेसको नीति, संरचना एवं रणनीति विषयक कार्यशालामा सहभागि प्राध्यापकहरुले त्यस्तो सुझाव दिएका हुन्। कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरु गरी तीन सय बढि सहभागि थिए। पार्टीले आफ्ना धारणा स्पष्ट राख्न नसक्नु, गरेका राम्रा कामका...
पोखरा, २३ पुस । पोखरामा शनिबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चलले उपाधि हात पार्दा महिला तर्फ विभागिय टिम सशस्त्र प्रहरी बलको एपिएफले उपाधि रक्षा गरेको छ । १८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको फाईनल खेलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गर्दै उपाधि...