काठमाडौँ, १३ चैत (रासस) । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दरमा बृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र...
ताप्लेजुङ, १३ चैत (रासस) । फुङलिङ नगरपालिका–३ मा आज साँझ भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । साँझ भएको आगलागीबाट भीमप्रसाद घिमिरे र चन्द्रमाया रम्तेलको घर जलेर नष्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् । सबिन तोलाङ बस्दै आएका घिमिरेको घरबाट अचानक शुरु भएको आगो फैलिँदा चन्द्रमायासमेतको घर जलेको सञ्चारकर्मी जीवन कालिकोटेले जानकारी दिए।...
दमौली, १३ चैत (रासस) । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई बीमावापतको रु एक करोड भुक्तानी नहुँदा औषधि खरिदमा समस्या भएको छ । बीमा गरेका सर्वसाधारणले उपचार केन्द्रबाट निःशुल्क औषधि पाए पनि उक्त बापतको रकम अस्पताललाई प्राप्त नहुँदा अस्पतालले औषधि खरिद गर्न नसकेको हो । अस्पतालको आम्दानीको स्रोत नभएको र बीमावापतको...
काठमाडौँ, १३ चैत (रासस) । प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशबहादुर बस्नेतले नक्कली नोट बोकेका व्यक्ति...
पोखरा, १३ चैत । नेपाली काँग्रेसले चैत २० गते केन्द्रीय समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सानेपामा दिउँसो बोलाइएको बैंठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको १४ औ महाधिवेशनका विषयमा छलफल हुने छ ।
पोखरा, १३ चैत । माछापुच्छ«े गाउँपालिका वडा नं ४ स्थित जोगिचौर युवा क्लवले लाहाचोकमा आयोजना गर्न लागेको फुटबल प्रतियोगिता स्थगित भएको छ। क्लवले आजदेखि सेभेन ए साइड फुटबल प्रतियोगिता संचालन गर्ने तयारी गरेको थियो । पछिल्लो समय देशब्यापी फैलिएको कोरोना संक्रमण र लाहाचोकमा एकै दिन १३ जनालाई कोरोना देखिएपछि प्रतियोगिता स्थगित गरिएको क्लवका अध्यक्ष किरण...
शेरबहादुर सिंह÷ विमल विष्ट महेन्द्रनगर, १२ चैत (रासस) । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । उता कञ्चनपुरको पुर्वी गौरीफन्टा नाकामा...
गोरखा, १२ चैत (रासस) । आरुघाट गाउँपालिका–७ स्थित सातदोबाटो सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको जलेर मृत्यु भएको छ । सामुदायिक वनको सल्लाघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा गए राति स्थानीयवासी ७२ वर्षका मोहन फेवाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । दिउँसोदेखि नै सल्किएको डढेलोले...
पोखरा, १२ चैत । नेपाल आदिवासी जनजाति संघ तथा आदिवासी जनजाति विभागको संयुक्त आयोजनामा पोखरामा चैत १७ र १८ गते गण्डकी प्रदेशस्तरीय भेलासहित प्रशिक्षण हुने भएको छ । भेलालाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति विभागका...
पोखरा, १२ चैत । रक्तदान नै जीवन दान हो भन्ने मूल नाराका साथ जोगिचौर युवा क्लवले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोक बास्तोला कमप्लेक्समा नेपाल रेडत्रस सोसाईटी लाहाचोक उपशाखाको सहयोगमा रत्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा ३८ यूनिट रगत संकलन भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नं ४ का...
गण्डकी, १२ चैत । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको पुष्पलाल मध्य पहाडी लोकमार्ग खण्डको मादी गाउँपालिकामा काम थालिएको छ । गाउँपालिकाका बिभिन्न तीन स्थानमा डोजरको प्रयोग गर्दै रुदी दोभान,काम शुरु गरिएको आयोजना प्रमुख मेघराज मर्सानीले जानकारी दिए । मादी गाउँपालिका खण्डमा कूल १६ किलोमिटर दुरी रहने बताउँदै उनले लोकमार्ग अन्तर्गतका बिभिन्न ठाउँमा कामहरु तिब्ररुपमा अघि बढेको...
पोखरा, ११ चैत । महिन्द्रा ट्याक्टर पटिहानी फुटबल क्लव चितवनले गरेको गौचरण कप २०७७ को उपाधि सुन्दर संगम युवा क्लव सुन्दरवस्तीले जितेको छ । फाइनल खेलमा जनप्रेमी युवा क्लव टाउनलाई १ –० गोल ले पराजित गर्दै उसले उपाधि जितेको हो । उसले उपाधिसँगै नगद ११ हजार एक सय ११ सहित ट्रफि र मेडल जितेको छ...