अर्घाखाँची, ३१ चैत (रासस) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकार कसैले ढलाउन नसक्ने बताएका छन् । उनले सरकार ढलाउन नसक्ने देखेपछि नेकपा माओवादीले समेत समर्थन फिर्ता नलिएको बताए । माओवादीले समर्थन फिर्ता नलिनुले अन्य दलसँग सरकार बनाउने अवस्था नभएको दावी उनको थियो । प्रेस चौतारी नेपालले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा मन्त्री रायमाझीले...
काठमाडौँ, ३१ चैत (रासस) ।सडक विभागले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौँ उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती...
–शरद शर्मा काठमाडौँ, ३० चैत (रासस) ।कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउनु आग्रह गरे । “पहिल्यैकै भाइरसको...
पोखरा, ३० चैत्र । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले देशलाई निकास दिन काँग्रेसको नेतृत्वमा चुनावी सरकार आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले संसदलाई काम नदिएर अनिर्णयको वन्दी बनाउने ओली सरकारलाई अब धेरै दिन राख्न नहुने बताए ।आगामी मंसिर वा चैत्र महिना...
पोखरा, ३० चैत । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी पोखरामा जारी छ । गोष्ठीको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरे । गोष्ठीमा प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित चार वटै सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा छ । उनीहरुले सम्वन्धित जिल्लाको सुरक्षा स्थितिबारे जानकारी गराउँदै आफ्नो जिल्लामा शान्ति सुरक्षा मजबुद रहेको जनाएका छन् । गृहमन्त्री रामबहादुर थापा...
काठमाडौँ, ३० चैत (रासस)। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ । बैठकमा आसन्न १४औँ महाधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची तय भएको थियो...
चितवन, ३० चैत (रासस) । चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ । आइतबार साँझ दीपप्रज्वलन गरिएको हो । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले गैँडा वृद्धिको खुसी साटासाट गर्दै सौराहाको गैँडाचोक र हात्तीचोकमा दीपप्रज्वलन गरेका हुन् । पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको...
मुग्लिन, ३० चैत (रासस) । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो । यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले...
मान्म, २९ चैत (रासस) । कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन् । शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन् । आगलागी हुँदा दुर्ग सार्की, वीरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीलगायत छ जनाको घर जलेर पूर्णरुपमा नष्ट भएको...
काठमाडौँ, २९ चैत (रासस) ।देशमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने बज्रेश्वरी जात्रा आज बिहानदेखि शुरु भएको छ । इटापाखाबाट शुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिए । चैत्र कृष्ण अष्टमीका दिन पशुपतिका भट्टले नै जात्रामा उपत्यकाका मुख्य देवदेवी...
सुदूरपश्चिम, २९ चैत (रासस) । मास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । सीमा नाकामा सर्वसाधारणको आवागमन गर्दा अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी सचेतना समेत नअनाउँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको हो । पछिल्ला दिनमा प्रदेशमा यो रोगको सङ्क्रमण दर बढ्दै गएको छ ।...