इनरुवा, १९ वैशाख (रासस)। जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । पहिलो दिन धेरैजसोलाई सम्झाइबुझाई छाडिएको उहाँले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका सवारी...
कर्णाली, १९ वैशाख (रासस) ।कोभिड–१९ सङ्क्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिबार यहाँका औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो । निषेधाज्ञाका बेलामा बजारमा...
काठमाडौँ, १८ वैशाख (रासस)। कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आज आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा आज राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ । कूल २९...
काठमाडौँ, १८ वैशाख (रासस)। नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् । नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ...
झापा, १८ वैशाख (रासस) । झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार ५००, यति एयरले रु एक हजार ३९५, सौर्य एयरले रु एक हजार ४०० र श्री एयरले रु एक हजार ४०० तोकेको छ ।...
डोटी, १८ वैशाख (रासस) पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा औलो रोगको जोखिम बढ्दै गएको पाइएको छ । औलो रोग नियन्त्रणका लागि सरकारी क्षेत्रबाट प्रयास जारी रहे पनि यहाँका जिल्लामा अझै औलो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । यस प्रदेशमा आयातित औलोका बिरामी सबैभन्दा बढी पाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।...
पोखरा, १८ वैशाख । नेपाली काँग्रेस कास्कीले जनताका लागि तत्काल कोरोना उपचार स्वास्थ्य सेवा प्रभावकारी बनाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा शनिवार बसेको जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेश र गाउँपालिका सभापतिको संयुक्त बैठकले त्यस्तो माग गरेको हो । नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलका अनुसार, बैठकले जनताको स्वास्थ्यप्रति जिम्मेवार बन्न...
इनरुवा, १८ वैशाख(रासस) ।सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् । सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी चराउन खेततर्फ गएका बेला चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिनुभयो ।
चितवन, १८ वैशाख (रासस) । जिल्लाको माडीमा बँदेलको अक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।
काठमाडौँ, १८ वैशाख (रासस) । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन् । औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ...
पोखरा, १८ वैशाख । गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ युट्युवमार्फत् सार्वजनिक भएको छ । केही फरक प्रस्तुती र श्रोताको मनमा छुने गीत ल्याइएको गायिका सरस्वतीको भनाइ छ । यो गीत श्रोताले रुचाएमा छिट्टै समयसापेक्ष गीत लिएर आउने बताउनुभयो । उहाँ पोखरामा नर्सिङ पेशामा आवद्ध हुनुहुन्छ । त्यस्तै अर्का गायक उज्ज्वल भने...
काठमाडौँ, १७ वैशाख (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा रुपमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज जारी गर्नुभएको ‘सर्वसाधारणमा अपिल’ मा देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण फैलिरहेको हुँदा स्वास्थ्यका मापदण्ड कडाइका साथ अपनाउन...