पोखरा, २९ वैशाख । नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिने र एम्बुलेन्स संचालन सम्वन्धी निर्णय बारे मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ । सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन दिने बारेमा पार्टीले गरेको निर्णय जानकारी...
काठमाडौँ, २८ वैशाख (रासस) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल हुने उहाँका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओेलीले सोमबार प्रतिनिधिसभामा पेश गरेको...
पोखरा, २८ वैशाख । कास्कीमा अमेरिकन फौजी किराको प्रकोप बढेको छ । विगत १० दिनदेखि यस किराले कास्कीमा लगाइएको मकै सखाप पार्न थालेपछि कृषक चिन्तित छन् । यो किराको प्रकोप पाखाबारीमा बढी र तल्लो भेकका बारीमा कम छ । यसले मकै बढी मनपराउँछ । फौजी किराको प्रकोप मौसममा भर पर्ने बताइएको छ । लगातार वर्षा...
गण्डकी, २८ वैशाख (रासस)। पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गर्नुभएको हो । चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गर्नुभएका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधि गर्नुभएको हो । उहाँलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक...
ओखलढुङ्गा, २८ वैशाख (रासस) ।ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ । त्यस्तै दिउँसो ३ः१५ बजेको समयमा परेको चट्याङले चम्पादेवी गाउँपालिका–९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ...
पोखरा, २८ वैशाख । नेपाली काँग्रेस बागलुङ्ले कोरोनबाट सयौं नागरिकहरुले ज्यान गुमाउदा पनि सरकार पुरै उदासिन, असंवेदनशील र गैर जिम्मेवार बनेको भन्दै नागरिकको बाँच्न पाउने अधिकार ग्यारेन्टी गर्न ध्यानाकर्षण गरेको छ । नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव नवराज पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा भयावह अवस्थाबाट मुक्त भइ ढुक्क साथ बाँच्न सक्ने वातावरण सिर्जना गर्न माग गरिएको...
काठमाडौँ, २७ वैशाख (रासस) । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गर्नुभएको प्रस्ताव अस्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको...
गण्डकी, २७ वैशाख(रासस) । साहित्यकार गोपाल वैद्य ‘किञ्जल्क’को अभिनन्दन गरिने भएको छ । एक सय एक वर्षीय किञ्जल्कको अभिनन्दनका लागि डा नारायणप्रसाद खनालको संयोजकत्वमा १०१ सदस्यीय अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा महेन्द्रलाल प्रधान र रामगोपाल ढेवाजू, सचिवमा कृष्णप्रसाद बाँस्तोला तथा कोषाध्यक्षमा प्रतिभा प्रधान र सहकोषाध्यक्षमा राइम ढेवाजू रहनुभएको छ ।...
डोटी, २७ वैशाख (रासस)। जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बडिकेदार, बोगटानफुड्सिल, जोरायल गाउँपालिकाका विभिन्न वडामा परेको असिना तथा हावाहुरीले तरकारीलगायतका बालीमा नोक्सान गरेको छ । उहाँका अनुसार किसानले फलाएका काउली,...
भक्तपुर, २७ वैशाख (रासस) ।आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । कोभिड–१९ को महामारी बढिरहेको र सरकारले पनि यथास्थितिमा परीक्षा सञ्चालन नगर भनेकाले यही...
भादगाउँ, वैशाख २७ (रासस) । मध्यपुर थिमि–३, कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले आइतबार पत्र पठाएको छ । अस्पतालको गम्भीर लापरवाहीका कारण दुई कोरोना सङ्क्रमितको मृत्यु भएको र स्वीकृतभन्दा बढी बिरामी भर्ना गरेको सम्बन्धमा कारवाही गर्न प्रशासनले सो अस्प्ताललाई पत्र पठाएको हो । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले आइतबार अस्पताललाई...