बर्दिया, ११ जेठ (रासस) । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको छ । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारी दिनुभयो । गर्मीले गर्दा घरबाहिर आँगनमा...
पोखरा, ११ जेठ । कोरोना संक्रमणका कारण निधन भएका पत्रकार जगन्नाथ पौडेल (गणेश) को स्मृतिमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । पौडेलको निधन भएको १३औं दिनको पूण्य तिथिका दिन नेपाल पत्रकार महासंघ कास्कीले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । वक्ताहरुले शुत्रलाई पनि मित्रवत व्यवहार गर्ने पौडेलको निधनले पत्रकारिता जगतमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभयो । नेपाल...
काठमाडौँ, ११ जेठ (रासस) । ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो । यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान...
कास्की, ११ जेठ (रासस) । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी सरकारले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम जेठ ११ गते (आज)देखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा...
म्याग्दी, ११ जेठ (रासस) । म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको सङ्क्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन् । परीक्षण गरेको ठाउँमा सङ्क्रमित भेटिएका छन् । परीक्षण गरिएकामध्ये ८५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पतालका प्रमुख जितेन्द्र कडेल केही दिनयता बेनी बजारभित्र सङ्क्रमण...
काठमाडौँ, जेठ १० । कोरोना सङ्क्रमणका कारण अभौतिक (भर्चुअल) गतिविधि बढ्दा त्यसको प्रत्यक्ष प्रभाव मोबाइल आयातमा देखिएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक २०७७÷७८ को वैशाखसम्म नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै मोबाइल आयात गरेको छ। तथ्याङ्कअनुसार १० महिनाको अवधिमा मात्रै नेपालले ३२ अर्ब नौ करोड रुपियाँ बराबरका ६३ लाख ५५ हजार...
नानीमैया कटवाल सप्तरी, १० जेठ (रासस) । मध्याह्नको समय कोही खाना खाएर आराम गरिरहेका थिए त कोही घरमा खाना खाइरहेका थिए । डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुर टोलमा आइतबार अचानक आगोलागी भयो । स्थानीयबासी भरत चौधरीको परालको टालबाट सल्केको आगोले गाउँको पाँचवटा घर जल्यो । क्षणभरमै भरतसहित बन्हु चौधरी, शोभाकान्त चौधरी, उमाकान्त चौधरी र लक्ष्मीकान्त चौधरीका घर...
पोखरा, १० जेठ । मुस्ताङ जिल्लाका स्वदेश तथा विदेश रहेका युवाहरूले कोरोना संक्रमित बिरामीको लागि आवश्यक विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । युवाहरुले थासाङ गाउँपालिकासँगको समन्वयमा सहयोग गरेको गाउँ कार्यपालिका सदस्य नरेन्द्र शेरचन र नवीन शेरचनले जानकारी दिनुभयो । संक्रमितको उपचारलाई सहज र प्रभावकारी बनाउन सहयोग गरिएको संयोजक अवीनास गौचनले जानकारी दिनुभयो । थासाङ...
सोलुखुम्बु, १० जेठ (रासस) । सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकीको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृत्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहँुदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर...
पोखरा, १० जेठ । कास्कीमा सोमबार भएको मोटरसाईकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । कास्कीको माछापुछ्रे गाँउपालिका–८ ठाँटी स्थित रिभानबाट लुम्लेतर्फ जादै गरेको ग.१४.प ९७५५ नं. को मोटरसाईकल दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा माछापुछ्रे गाँउपालिका–८ लुम्ले बस्ने १८ वर्षीय लक्की वि.कको मृत्यु भएको प्रहरीले जनाएको छ । वि.कले चलाएको मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको...
काठमाडौँ, १० जेठ (रासस) । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ । उक्त न्यून–चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ । सो...
चितवन, १० जेठ (रासस) । चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट...