पोखरा, २७ असार । लायन्स क्लब अफ हेमजाले विष्णु पादुका मावि हेमजा प्राड्डणमा वृक्षारोपण गरेको छ । लियो क्लब अफ हेमजाको व्यवस्थापनमा भएको उक्त वृक्षारोपण कार्यक्रममा धुपी, हर्रो, वर्रो, तेजपत्ता, कपुर, गोलमोहर, चौटाजार लगायतका जडिबुटीका बिरुवा रोपेको हो । कार्यक्रममा बोल्दै रिजन चेयर पर्सन जिवन गोर्खालीले रोपेका बिरुवाको संरक्षणको खाँचो रहेको बताउनुभयो । लायन्स क्लब...
पोखरा, २७ असार । गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छ । गण्डकी प्रदेशका पाँच जनामा नयाँ भेरियन्ट डेल्टा पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका १४ र ६० वर्षीय पुरुष, गोरखाको बारपाक मुलिकोट गाउँपालिकाका ७०, ३३ र ४० वर्षीया तीन महिलामा पुष्टि भएको हो । यसको संक्रमण दर...
पोखरा, २७ असार । नापी कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयले सूचना प्रकाशित गरी आज आइतबारदेखि शुक्रबारसम्म सेवा बन्द गरिएको जनाएको हो । कार्यालयका ६ जनामा कोरोना संक्रमण भएको र अन्य कर्मचारीमा समेत मिल्दोजुल्दो लक्षण देखिएपछि होम आइसोलेसनमा रहेकाले सेवा प्रवाहमा कठिनाइ भएको र सेवाग्राहीमा समेत संक्रमण फैलन सम्भावना रहेकाले सेवा...
पोखरा, २७ असार । पोखराको सिमलचौरमा रहेको जनप्रिय बहुमुखी क्याम्पसका दुई विद्यार्थीले नेपालकै उत्कृष्ट नतिजा ल्याउन सफल हुनु भएको छ । बिबिए संकायका ती विद्यार्थीले त्रिभुवन विश्वविद्यालयले लिने सेमेष्टर परीक्षामा उत्कृष्ट ३ दशमलव ९९ जिपिए ल्याएर नेपाल टप हुन सफल भएको क्याम्पसले जनाएको छ । तेस्रो सेमेष्टरको परीक्षामा अस्मिता रेग्मी र सलोनी बुद्धाचार्यले उत्कृष्ट नतिजा...
गण्डकी, २७ असार(रासस) । लेखनाथ उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष एवं उद्योगपति चन्द्रकृष्ण कर्माचार्यले ‘ज्येष्ठ नागरिक सम्मान पत्रकारिता पुरस्कारको’ घोषणा गर्नुभएको छ । पत्रकारिताको माध्यमबाट ज्येष्ठ नागरिकका समस्या एवं हकहितलगायतका विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी पुरस्कारको घोषणा गरिएको हो । लेखनाथ उद्योग वाणिज्य सङ्घको संयोजकत्वमा प्रत्येक वर्ष स्थापना दिवसमा प्रदान गर्ने गरी सङ्घको...
गोरखा, २६ असार (रासस) । गोरखा निषेधाज्ञा उल्लङ्घन गरी चर्को भाडा असुल्ने दुई सवारी चालकलाई पक्राउ गरिएको छ । निषेधाज्ञामा गोरखाबाट काठमाडौँ यात्रु बोकेर जाँदै गरेको अवस्थामा बा५ख १०७३ र बा५ख १०७७ नंको माइक्रोबसका चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिनुभयो । “बाह्य जिल्लाबाट सवारी साधन जिल्लाभित्र...
पोखरा, २६ असार । लियो क्लब अफ होलिसिटी भैरहवाको वर्ष २०२१÷२२ को अध्यक्ष आकाश पौडेल चयन हुनुभएको छ । एक कार्यक्रमबीच वर्ष २०२०÷२१ का अध्यक्ष प्रतिक भण्डारीले वर्ष २०२१÷२२ का अध्यक्ष आकाश पौडेललाई पद हस्तान्तरण गर्नुभएको छ । अध्यक्ष पौडेलले उत्साहका साथ क्लबलाई अघि बढाउँदै समाज सेवामा समर्पित भएर लाग्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।...
काठमाडौँ, २६ असार (रासस) । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डको विवरण अनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद शेयर भने...
लहान, २६ असार (रासस) । इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको...
पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताउनु भएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाउनुभएको छ । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गर्नुभएका उहाँ विदेशको भन्दा यहाँको कमाइमा सन्तुष्ट हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नं. १० रिजाल चोकमा उहाँको कान्तिपुर कार डेकोर एण्ड ज्याकवास सेन्टर वीथ रिकण्डिसन रहेको छ । हरेक...
पोखरा, २६ असार । पोखरा लेडी जेसीसले पोखरामा एचआईभी संक्रमितलाई अत्यावश्यक सामाग्री तथा खाद्यान्न सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३ को सहकार्यमा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै पोखरा लेडी जेसीजकी अध्यक्ष बिनिता शर्मा(कमला) सापकोटाले उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा वडा सचिव चन्द्रावती वाग्ले,पोखरा लेडी...