पोखरा, ३१ असार । पोखरा महानगरपालिकामा कोभिड विरुद्धको खोप अभियान बुधबार सुरु भएको छ । खोप कार्यक्रमलाई पारदर्शी बनाउनको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र पौडेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रशान्त शर्मा, पत्रकार महासंघ कास्कीका पदम श्रेष्ठ अनुगमनमा सहभागी हुनुहुन्थ्यो । पोखरा...
म्याग्दी, ३१ असार (रासस) । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलका अनुसार बाढी पहिरोले दुई जनाको मृत्यु र छ...
गण्डकी, ३० असार (रासस) । गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र बहिष्कारका बीच पारित भएको छ । एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो । बैठक शुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो । केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच...
पोखरा, ३० असार । पशुपंन्छि तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशले प्रदेशका उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ । निर्देशनालयले बुधबार विभिन्न १० क्षेत्रका १० कृषकलाई पुरस्कृत गरेको हो । उनीहरुलाई जनही २० हजार नगदसहित प्रशंसापत्र प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा गाई÷भंैसीपालनतर्फ बाग्लुङका कृष्ण प्रसाद पौडेल, याक÷चौरीपालनतर्फ मनाङका सुरेश थकाली, बाख्रापालनतर्फ कास्कीका दुर्गादत्त पौडेल, भेडा÷च्याङ्ग्रापालनतर्फ...
काठमाडौँ, ३० असार (रासस) । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । दुई वा दुईभन्दा बढी प्रदेशमा चल्ने लामो दूरीको सवारी साधनमा भाडा बढाइएको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताउनुभयो । यात्रुबाहक सवारी साधनको भाडा २८ प्रतिशत, तराईमा चल्ने सवारी साधनमा २० प्रतिशत र पहाडमा चल्ने मालबाहक...
जलेश्वर, ३० असार (रासस) । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–५ घर भएका सोमबहादुर तामाङका छोरा २३ वर्षीय सिपाही अम्बिर...
पोखरा, ३० असार । कास्कीमा कोभिड विरुद्वको खोप लगाइदै छ । कास्कीका लागि ३६ हजार मात्रा भेरोसिल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिनुभयो । प्रमुख आचार्यले सबै स्थानीय तहका वडास्तरमा खोप केन्द्र तोकिएकाले सम्वन्धित स्थानीय तहको सूचनाका अनुसार खोप केन्द्रमा गई स्वास्थ्य मापदण्ड पालना गरी खोप लिन अनुरोध गर्नुभएको छ...
बागलुङ, २९ असार (रासस) । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग...
काठमाडौँ, २९ असार (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले अत्यधिक न्यायिक सक्रियतासहित राजनीतिक विषयमा हात हालेर दलीय व्यवस्थामाथि धक्का दिन खोजेको टिप्पणी गर्नुभएको छ । देशवासीका नाममा आज सम्बोधनका क्रममा उहाँले कहिलेकाँही मागै नभएका विषयमा पनि हात हालेर गन्तव्यमा पुग्न नसकिने जनाउँदै भन्नुभयो, ‘खेल खेल्ने जिम्मेवारी खेलाडीहरुको हो तर रेफ्री आफैँले खेल खेल्ने...
काठमाडौँ, २९ असार (रासस) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो । सोही फैसलानुसार राष्ट्रपतिले...