न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द
सोलुखुम्बु, २७ साउन (रासस) । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको छ । कार्यालयको...
मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या
पोखरा, २६ साउन । मादक पदार्थ सेवन गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । कास्कीको माछापुछ्रे गाँउपालिका–२ बाँझाखेतका ६५ वर्षीय श्रीराम कामीले ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी सिलौटाको लोराले श्रीमतीको टाउँकोमा प्रहार गरेका थिए । प्रहारबाट घाइते श्रीमायाको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालममा मृत्यु भएको प्रहरीले...
नेपाल टेलिकमका कर्मचारी आन्दोलित, कार्यालयमा धर्ना
पोखरा, २६ साउन । संयुक्त संघर्ष समितिको अगुवाइमा नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलित भएका छन् । ट्रेड युनियन अधिकार रक्षा एवं संस्थागत विकास र सुशाशनका लागि आन्दोलनमा उत्रनु परेको कर्मचारीको भनाइ छ । कर्मचारी विनियमावली कर्मचारी मैत्री बनाउनुपर्ने, कर्मचारीहरुलाई समान र सम्मानजनक सामाजिक सुरक्षा एवं वृत्ति विकासको अवसर सृजना हुने गरी कर्मचारी विनियमावलीमा व्यवस्था गर्नुपर्ने माग...
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड
काठमाडौँ, २६ साउन (रासस) । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । आज बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गर्नुभएको हो । अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने भन्दै...
राउटे बस्तीमा तीनको मृत्यु
कर्णाली, २६ साउन (रासस) । कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको...
ज्येष्ठ नागरिकलाई घरघरमै खोप
बनेपा, २६ साउन (रासस) । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उहाँहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भन्नुभयो “ आज म खुशी...
दुई पसल जलेर नष्ट
गलेश्वर, २६ साउन (रासस) । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति भएको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट...
खोलाले बगाउँदा आमाछोराको मृत्यु
दाङ, २५ साउन (रासस)। दाङको ग्वार खोलाले बगाउँदा आज आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ सिम्लेनी निवासी ३५ वर्षीया अमृता घर्ती र उनका दुई वर्षीय छोरा रुद्र घर्तीे रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । दिउँसो २ बजेतिर सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनी घाट तर्ने...
कर्मचारीको नयाँ तलबमान स्वीकृत
काठमाडौँ, २५ साउन (रासस) । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले सबै तहका निजामती कर्मचारी,...
आमासँगै बालबालिका पनि सङ्क्रमित
बलेवा, २५ साउन ९रासस। साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो । बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित...
भगवान् र जनतासँग डर लाग्छ – शर्मा
पोखरा, २५ साउन । गण्डकी प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आफूलाई सबैभन्दा बढी डर भगवान् र जनतासँग लाग्ने बताउनु भएको छ । ‘भगवान्प्रति समर्पित भएर श्रद्वा गर्छु, जनतासँग झुट बोल्दिन उहाँले भन्नुभयो, सके जति गर्छु, झुट बोल्दिन।’ पोखरा महानगरपालिका वडा नं १३ आर्वाका विभिन्न स्थानको अवलोकनपछि उहाँले त्यहाँको अवस्थालाई आफ्नो...
बेलायतमा भूपू गोर्खाको आमरण अनशन
लन्डन, २५ साउन (रासस) । समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपरेको आमरण अनशनरत एक सदस्य ज्ञानराज...