न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिदै
पोखरा, २२ असोज । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिने भएको छ । गण्डकी प्रदेशलाई यहि असोज २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर प्रदेश घोषणा गर्ने शिक्षा, संस्कृति, विज्ञानप्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै साक्षर प्रदेश घोषणासँगै गण्डकी प्रदेशको नयाँ पहिचान बन्ने उल्लेख गर्नुभयो...
अत्याधुनिक सेवा सहित केशर मेडिस्पा चौथो वर्षमा
पोखरा, २२ असोज । पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङस्थित केशर मेडिस्पाले आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष डा. सुरेन्द्र सापकोटाले केक काटेर वार्षिकोत्सव कार्यक्रम शुभारम्भ गर्नुभएको हो । चार वर्ष अघि घटस्थापनाकै दिन पारेर केशर मेडिस्पाले आफ्नो सेवा शुभारम्भ गरेको थियो। विभिन्न आरोह अवरोह पार गर्दै संस्था चौथो वर्षमा पार गरेको...
मन्त्रिपरिषद् गठन
काठमाडौँ, २२ असोज (रासस) । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद...
युकेले रातोसूचीबाट हटायो नेपाललाई
लण्डन, २२ असोज (रासस) । कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन् । रातोसूचीबाट हटाए पनि यो लागू भने सोमबार अर्थात् यही...
मुलुकलाई संकटबाट उतार्न काँग्रेस ः मुख्यमन्त्री पोखरेल
पोखरा, २१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकमा जब संकट पर्छ तब कांग्रेसमाथि थप जिम्मेबारी आइलाग्ने बताउनु भएको छ । नेपाली काँग्रेस पोखरा महानगरले दशैं, तिहार, नेपाल सम्वत, छठ तथा ईदको अवसर पारेर बिहीबार गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले पार्टीको स्थापनाकालदेखि नै यो प्रक्रिया निरन्तर चलेको उल्लेख गर्नुभयो। गएको...
समस्यामा परेका परिवारलाई सहयोग
पोखरा, २१ असोज । दशैंको मुखैमा खाद्यान्न समस्यामा रहेका एक सय ५५ परिवारलाई सहयोग गरिएको छ । हाम्रो माया नेपाल र स्वयंसेवा नेपालले संयुक्त रुपमा समस्यामा रहेका पर्यटन मजदुरका परिवारलाई सहयोग गरेको हो । नेपाल तमु प्लेल्हु संघ केन्द्रीय समिति, संघकै केन्द्रीय महिला समिति र युवा समितिको समन्वयमा सहयोग गरिएको केन्द्रीय महिला समिति अध्यक्ष पुष्पा...
टेलिकमको एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु
पोखरा, २१ असोज । नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु भएको छ। नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख रवी मानन्धरले लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमप्रसाद लुईटेललाई सिपिई हस्तान्तरण गरि एफटिएच सेवा शुभारम्भ गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी लुइटेलले लमजुङ जिल्लामा नेपाल टेलिकमले द्रुत गतिको इन्टरनेट, फोन र टिभी सेवा...
कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने
काठमाडौँ, २१ असोज (रासस) । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ । नेपाली कांगे्रसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै चियापान कार्यक्रम नगर्ने निश्चित गरेको...
बन्दुक देखाइ गरगहना लुटपाट
जलेश्वर, २१ असोज (रासस) । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश सिंहको घरमा निजकी आमा ७० वर्षीया मनदोदरीदेवी सिंह एक्लै सुतिरहेको अवस्थामा आज बिहान ३ः०० बजेको समयमा घरको बाहिरी ढोका फोरेर घरभित्र पसी...
पैदल पदमार्गको सरसफाइ एवं मर्मत शुरु
पोखरा, २१ असोज । नेपाल सरकार, एनटिवि, टान र युएनडिपि को सहयोगमा पैदल पदमार्गको सरसफाइ एवं मर्मत कार्य शुरु भएको छ । जिविकोपार्जन र अल्पकालीन रोजगार कार्यक्रम अन्तर्गत १० दिनसम्म हेमजा अस्ताम मर्दी हिमाल पदमार्गको अस्ताम खण्ड सरसफाइ र मर्मत गरिने छ । सो कार्यका लागि खटिएका १५ जना पर्यटन मजदुरहरुलाई खतक सहित हेमजा अस्ताम...
अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ, २० असोज (रासस)। नेपाल प्रहरीले अष्ट्रेलिया पठाइदिन्छ भनी रु १२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालीको सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भन्दै रु १२ लाख ठगी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।...