न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कास्की हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण
गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजना एवं हेम्जा साहित्य प्रतिष्ठानसँगका सहकार्यमा कास्कीको हेम्जामा एक महिने सारङ्गी प्रशिक्षण सम्पन्न भएको छ । गन्धर्व समुदायका २५ बालबालिकाको सहभागिता रहेको प्रशिक्षणमा स्थापित सारङ्गी बादक सम्मरबहादुर गायकले सहजीकरण गरेका थिए । प्रशिक्षणको समापन कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले वैदिककालभन्दा अघि सारङ्गीको उत्पत्ति भएको बताउँदै एक तार हुँदै...
विचार
पत्रकारको श्रमका पक्षपाति सुशील’दा
विपुल पोख्रेल नेपाल पत्रकार महासङ्घको एउटा महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भन्नुभएको थियो– “अब पत्रकारहरु पनि गाडी चढ्न सक्ने हुुनुपर्दछ ।” उहाँको त्यो सम्बोधन हुँदै गर्दा प्रज्ञा–प्रतिष्ठानको हल हाँसो र तालीले गुञ्जायमान भयो । पत्रकारले पारिश्रमिक पाउने र गाडी किन्ने अवस्थाको निर्माण असम्भव जस्तै लाग्थ्यो त्यो बेला । त्यसैले हल हाँसोसहित गुञ्जायमान...
मतदाताको शिर झुकाउने काम गर्दिनँ : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदाताको शिर झुकाउने काम नगर्ने बताएका छन । भरतपुरमा पार्टी कार्यकर्ताले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्दै, सभापति लामिछानेले जनताको मन जित्नेगरी काम गर्ने बताए । लामिछानेले भने, “सबैभन्दा धेरै मत दिएर पठाउने मतदाताको शिर झुकाउने काम गर्दिनँ, हल्लाको पछाडि दौडिएको भए यहाँसम्म आउन कहाँ दिन्छन् र ? हल्ला चल्दै...
पैसा अभावले उपचार नपाएर कोही मर्नु पर्दैन : मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नुपर्ने अवस्था नआउने बताएका छन । नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला प्रतिनिधिसभाको बलेफी गाउँपालिका– ५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने, “पैसाको अभावमा उपचार नपाएर कोही पनि नेपाली मर्नुपर्ने छैन, पैसा नभएर पनि उपचार गराउने जिम्मा सरकारले लिने...
निराश राजनीतिलाई आशा जगाउने काम एमालेको हो : पोखरेल
नेपाल कम्युनिष्ट पाटी एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले जनतामा आशा जगाउने काम गरिरहेको बताएका छन । एमाले दैलेखको आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा आर्थिक विकासले समेत फड्को मारेको उल्लेख गरेका छन । नेता पोखरेलले एमाले नीति र नेतृत्वमा प्रस्ट रहेको बताउँदै स्थानीय तहमा रहेका अन्तरविरोधलाई मिलाएर...
बादीकाको भिरमा सडक ढलान भएपछि स्थानीयवासीले खुसीयाली मनाए
बेनी धवलागिरि गाउँपालिका–७ बादीकाको भिरको सडकमा ट्रयाक खन्नै मुस्किल थियो । स्थानीयको चन्दा संकलन गरी डोजर प्रयोगबाट १३ वर्षअघि अक्करे पहाडमा ट्रयाक खोलिएको थियो । अहिले सडकको स्तरोन्नति भएपछि भने अक्करे भिरमा सवारीसाधन सहजरूपमा वारपार गर्न सक्ने भएका छन् । धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी आवतजावत गर्न प्रयोग हुने दरबाङ–धारापानी सडक खण्डको बादीकाको भिरमा सडक...
माघमै फुल्यो लालीगुराँस
चैत–वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ । बेँसीसहर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास नगरपालिकाको राइनासकोट, क्व्होलासोथर गाउँपालिका वडा नं १ रापासिङ, वडा नं ६ पसगाउँ, मस्र्याङ्दी गाउँपालिका वडा नं ३ सिउरुङलगायत जिल्लाका अधिकांश स्थानमा समयअगावै लालीगुराँस फुल्न थालेको हो । जिल्लामा चैत–वैशाखतिर फुल्ने...
सुनको अवैध पैठारीबारे जाँचबुझ आयोगले नेता महरासँग लियो बयान
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । ‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको आयोगले सिंहदरबारमा उनीहरूसँग बयान लिएको हो । आयोगका एक सदस्यले उनिहरुसँग...
नगरविकास समितिको जग्गा हिनामिना गर्ने २४९ जनाविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिको जग्गा अनियमितता गरी हिनामिना गरेको अभियोगमा दुई सय ४९ जना विरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ/संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको...
बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो
सरकारले बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । डिल्लीबजार मालपोत कार्यालयले जग्गाको श्रेस्ता अद्यावधिक गर्न भन्दै आज चाँदबाग रेसिडेन्सी प्रालिलाई पत्र पठाएको छ । टोखा नगरपालिका वडा नं ६ का वडा अध्यक्ष शान्ता खनालको रोहवरमा मालपोत कार्यालयले कम्पनीका अध्यक्ष सन्जय ठाकुरलाई २१ दिने म्यादसहितको पत्र बुझाएको हो । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा...
दर्शक नभएपछि तीन हप्तादेखि सिनेमा हल बन्द
लमजुङ बेँसीसहर नगरपालिका–८ मा रहेको जिल्लाको एकमात्र चलचित्र भवन अन्नपूर्ण हल तीन हप्तादेखि बन्द भएको छ । सुविधायुक्त हल भएपनि स्तरीय सिनेमा नहुँदा दर्शक आउन छाडेकाले हल बन्द गरिएको सञ्चालक प्रदीप बस्नेतले जानकारी दिएका छन । बन्द हुनुअघिसम्म हिन्दी चलचित्र सालर प्रर्दशन गरिएको थियो । चलचित्रले पनि दर्शक तान्न सकेन । दुई सय ७३ सिट...