पोखरा, ३० पुस । अन्तर्राष्ट्रिय कम्पनी अगापे (भारत ) तथा सन्देश साइन्स हाउसको सयुक्त्त आयोजनामा प्रयोगशाला क्याम्प भएको छ । क्याम्पको उद्घाटन गर्दै पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका प्रयोगशाला विभागका प्रमुख डा .लक्षण बास्तोलाले आधुनिक प्रविधिबाट उपकरणको सहि प्रयोग गरी गुणस्तरीय सेवा दिनुपर्ने बताउनुभयो । क्याम्पमा करीब पोखराका ७० जना प्रयोगशालाकर्मीले प्रयोगशालालाई चाहिने उपकरणहरुको अवलोकन गरेका...
पोखरा, २९ पुस । हल्ट प्राइज एट इन्ष्टिच्यूट अफ फरेस्ट्री अन क्याम्पस प्रतियोगिताका लागि समूह दर्ता प्रक्रिया शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस र काठमाण्डौं फरेस्ट्री कलेज (क्याफ्कोल)ले संयुक्त रूपमा प्रतियोगिता गरेको हो । प्रतियोगितामा सहभागी हुनका लागि स्नातक अथवा स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीले ३ देखि ४ जनाको समूह...
पोखरा, २९ पुष । नेशनल प्याव्सन कास्कीले विविध कार्यक्रमको आयोजन गरी २४ औ स्थापना दिवस मनाएको छ । आफ्नो स्थापना दिवसको अवसर पारेर शिक्षाविद्, कर्मचारी विदाइ तथा एन प्याव्सन कास्की अन्तर्गतका ४ विद्यालयललाई सम्मान गरेको एन प्याव्सन कास्कीका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिनुभयो । कार्यक्रममा कास्कीमा पहिलो संस्थागत विद्यालय स्थापना गरी शिक्षाको क्षेत्रमा महत्वपूर्ण...
काठमाडौँ, २१ पुस (रासस) । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमण तीन हजार ५५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १५ हजार ८१ परीक्षण गर्दा तीन हजार ५५३ सङ्क्रमण पुष्टि भएको हो । परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई सङ्क्रमण देखिएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ३४० पुगेको छ...
धादिङ, २९ पुस (रासस० । रुबिभ्याली गाउँपालिका–१ तिप्लिङको पुरु नजिकै पहिरामा परी स्काभेटरसहित तीन तीन जना बेपत्ता भएका छन् । आज बिहान पहिरा खसेर पुरिंदा स्काभेटर चालक काभ्रेका २८ वर्षीय आकाश तामाङ, सहचालक काभ्रेकै १९ वर्षीय राजु तामाङ र रुबिभ्याली गाउँपालिका–१ का २७ वर्षीय अनिश तामाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक जागेश्वर भण्डारीले...
मङ्गलबारे, २९ पुस (रासस) । युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए ।...
काठमाडौँ, २९ पुस (रासस) । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिनुभएको हो । उहाँको १० हजार पाँच सय अङ्क रहेको छ । महासङ्घले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका...
शरद् शर्मा काठमाडौँ, २७ पुस ९रासस०ः सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई मध्यनजर गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत्...
पोखरा, २७ पुस । नेपाल निजामित कर्मचारी युनियन कास्कीको आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुरेश श्रेष्ठ लगायत पदाधिकारी र सदस्यहरुको पदस्थापन गरिएको थियो । डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका अध्यक्ष एवं निर्वाचन अधिकृत कपिलमणि दाहालले पदस्थापन तथा प्रमाणपत्र वितरण गर्नुभयो...
दमौली, २७ पुस (रासस) । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका १९ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पुस १ गतेदेखि २५ गतेसम्म प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएका १९ फरार प्रतिवादी पक्राउ गरेको हो । सार्वजनिक अपराध मुद्दामा फरार रहेका नौ, लुटपाट मुद्दामा फरार रहेका दुई, गाली बेइज्जती मुद्दामा फरार रहेका दुई, दुनियावादी फौजदारी...
पोखरा, २६ पुस । पोखरामा संचालित अन्तर्राष्ट्रियस्तरको फिष्टेल एकेडेमीप्रतिको आकर्षण र चासो बढेको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा संचालित विद्यालय अवलोकन गर्नका लागि विभिन्न क्षेत्रबाट समूह बनाएर दिनहुँजसो पुग्ने गरिएको छ । पोखरा, गण्डकी प्रदेशका जिल्लाबाट मात्र नभएर राजधानी र विदेशबाट समेत विद्यालयप्रति चासो लिएर अवलोकन गर्न आउने गरिएको छ । यसैक्रममा पोखराका युवा...