न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

पोखरामा ठेलो खेल प्रतियोगिता हुने
ठेलो(छेलो) हान्ने खेल गण्डकी प्रदेशको परम्परागत मौलिक खेल हो । कास्की, बागलुङ र म्याग्दीलगायतका प्रदेशका अधिकांश जिल्लामा विभिन्न मेला तथा पर्वमा विभिन्न समुदायले आफ्नो मौलिक खेलका रुपमा यस खेलको महत्व निकै हुन्थ्यो । पर्व तथा मेलामा यसलाई छुटाइँदैनथ्यो । मौलिक खेल ठेलो परापूर्वकालदेखी सञ्चालन हुँदै आएकामा पछिल्लो समय लोप हुँदै गएपछि ठेलो खेलको विकास र...
जाल्पा सामुदायिक लघुवित्तको आइपिओ बाँडफाँट
काठमाडौँ, १ फागुन (रासस) :जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयर बाँडफाँट भएको हो । बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २७ लाख नौ हजार ८५५ जनाले तीन करोड ३१ लाख ४७...
आजदेखि दैनिक एक पटक रेल सञ्चालन
धनुषा, १ फागुन (रासस) :लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेलहुँदै आएको थियो । नेपाल सरकारले बोगिसहितका दुई रेल खरिद गरेको झन्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । आजदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे...
एमसिसीविरुद्ध नियोजित रुपमा भ्रम फैलाउने काम भयो : प्रवक्ता डा महत
चितवन, १ फागुन (रासस) :नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का विषयमा भ्रम पैदा गर्ने कोसिस भइरहेको बताउनुभएको छ । शारदानगर जेसिजको २२औंँ पदस्थापन तथा पदग्रहण एवं सम्मान कार्यक्रमलाई शनिबार साँझ सम्बोधन गर्नुहुँदै उहाँले एमसिसीका बारेमा प्रायोजितरूपमा फैलाइएको भ्रम चिर्न आवश्यक छ भन्नुभयो । एमसिसी अनुदान सहयोग नेपालमा आएको अहिलेसम्मकै ठूलो सहयोग...
आठ सय ३६ जना सङ्क्रमित
काठमाडौँ, २९ माघ (रासस)ःकोरोना भाइरसको सङ्क्रमण घटदै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको वुलेटिनमा कुल परीक्षण गरिएकामध्ये १२.६ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६ हजार १०२ जना रहेका छन् । पछिल्लो...
१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध
काठमाडौँ, २९ माघ (रासस) : नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही विश्व संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार...
मौसम सफा रहने
काठमाडौँ, २९ माघ (रासस) :आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदलीदेखि...
आगलागीबाट पाँच जनाको मृत्यु
दाङ २८ माघ (रासस) :तुलसीपुरको एक घरमा गए राति भएको आगलागीबाट निसास्सिएर पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–उपमहानगरपालिका–५ का १४ वर्षीया साजिता खातुन, १४ वर्षीय हसन बकस, १६ वर्षीय मसिन बकस, ४० वर्षीय नअरदिन अली र ६ वर्षीय आविददिन अलि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी...
सीप विकास तालिम केन्द्रले दियो तीन सय बढीलाई सीपमूलक तालिम
पोखरा, २६ माघ । सीप विकास तालिम केन्द्र पोखराले चालु आर्थिक वर्षको माघसम्ममा तीन सय बढीलाई सीपमूलक तालिम दिएको छ । केन्द्रले बेरोजगार, एकल महिला, युवा, वैदेशिक रोजगारीबाट फर्केका, गरिब तथा विपन्नलाई लक्षित गरी गण्डकी प्रदेशका सात जिल्लामा विभिन्न तालिमहरु संचालन गर्दै आएको छ । केन्द्रले १५ दिनदेखि तीन महिना अवधीका तालिमहरु संचालन गर्दै आएको...
चप्पल गोदाममा आगलागी, एक घाइते
तुलसीपुर, २८ माघ (रासस) :दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा आलगागी भएको छ । आगलागी हुँदा सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा क्षति भएको छ भने एक व्यक्ति घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको छ । विद्युत्को मिटर पड्किँदा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी...
कांग्रेस पदाधिकारीबीच बिहीबारको कार्यसम्पादन बैठकबारे छलफल
काठमाडौँ, २६ माघ (रासस) :नेपाली कांग्रेसका पदाधिकारीबीच बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कार्यसूचीबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल भएको थियो । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं...