न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

जीवन सफल बनाउन ज्ञान र सीप आवश्यक – मन्त्री श्रेष्ठ
पोखरा, २३ चैत । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र गण्डकी प्रदेश पोखराले महिलाहरुका लागि आयोजना गरेको उद्घोषण तथा कानूनी परामर्श सम्वन्धी तालिम बुधबारदेखि पोखरामा सुरु भएको छ । महिला शशक्तिकरणका लागि अन्तर पार्टी महिला सञ्जाल कास्कीको समन्वयमा आयोजित तालिममा ४० जना महिला सहभागी छन् । तालिम उद्घाटन गर्दै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक...
विद्युत् निर्यातमा फड्को, प्राधिकरणले थप ३२५ मेगावाट बिजुली भारतलाई बेच्ने
काठमाडौँ, २३ चैत (रासस) :लामो प्रयत्नपछि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरअनुसार नेपालको अतिरिक्त बिजुली बिक्री गर्ने बाटो खुलेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको छ । यससँगै नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत बिक्रीको...
तनहुँमा बालिका बेपत्ता
तनहुँ, २३ चैत (रासस) :जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छिन् । सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन् । बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिनुभयो । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।...
राष्ट्रपति भण्डारीबाट पाँच अध्यादेश जारी
काठमाडौँ, २२ चैत (रासस) :राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहायबमोजिमका अध्यादेशहरू जारी गर्नुभएको हो । यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश– २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन)...
कास्कीमा चुनावी सरगर्मी बढ्दै
वासुदेव पौडेल गण्डकी, २२ चैत (रासस)ः स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा कास्की जिल्लामा चुनावी सरगर्मी बढेको छ । नजिकिँदै गरेको निर्वाचनलाई लक्षित गरी दलहरू गाउँगाउँमा आफ्नो चुनाव लक्षित कार्यक्रमलाई अघि बढाएका छन् भने निर्वाचनको तयारीमा निर्वाचन कार्यालय सक्रिय बनेको छ । निर्वाचन कार्यालयले जिल्लामा मतदाताको अन्तिम नामावली प्रकाशित गरिसकेको छ । प्रकाशित नामावली अनुसार...
कांग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन
काठमाडौँ, २२ चैत (रासस)ःसत्ता साझेदार दलहरुको आज बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । नेता पौडेलको नेतृत्वमा पाँच दलबाट प्रतिनिधिहरू रहने...
भिरबाट लडेर मृत्यु
सिन्धुपाल्चोक, २२ चैत (रासस) ःसिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी–३ पहरेपानीका ३० वर्षीय सन्तोष थामी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । सोमबार दिउँसो ३ बजेतिर घरमाथि रहेको भिरबाट लडेका थामीको टाउकामा गम्भीर चोट लागेको अवस्थामा प्राथामिक स्वाथ्य केन्द्र बाह्रबिसेमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँको ट्रमा...
बिबिआइएनमार्फत ऊर्जा सहकार्य हुने, थप बिजुली लैजान भारत सहमत
रमेश लम्साल काठमाडौँ, २२ चैत (रासस) : सरकारको सार्थक प्रयत्न एवं निरन्तरको कूटनीतिक प्रयासका कारण वर्षायाममा खेर जाने बिजुली खरिद गर्न भारत तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगातार सरोकारवाला निकायसँग गर्नुभएको छलफल, मन्त्रालय तहमा भएको द्विपक्षीय एवं बहुपक्षीय संवाद तथा कूटनीतिक पहलले सार्थकता पाएको ऊर्जा क्षेत्रमा चर्चा भइरहेको छ ।...
धरहरा चढेर काठमाडौँ सहर नियाल्न अझै समय लाग्ने
काठमाडौँ, २१ चैत (रासस) : धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गर्नुभएको थियो...
पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज
काठमाडौँ, २१ चैत (रासस) :केही दिनदेखि पेट्रोलपम्पमा देखिएको चर्को लाइन हटेको छ । नेपाल आयल निगम र पेट्रोलियम व्यवसायीबीचको सहमतिपश्चात् पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनेको हो । निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच शनिबार पेट्रोलियम पदार्थको बिक्रीवितरण सहज बनाउने सहमति भएको थियो । सहमति भएपछि पेट्रोलियम बिक्रेताले निगमको डिपोबाट पेट्रोलियम पदार्थ...
बाघको आक्रमणबाट मृत्यु
रत्ननगर, २१ चैत (रासस) ःचितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा...