गलकोट, २६ चैत (रासस) :आज चैतेदसैँ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैतेदसैँको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ । चैतेदसैँको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रबाटसमेत धार्मिक पर्यटक कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि बाक्लो सङ्ख्यामा...
नारायण न्यौपाने काठमाडौँ, २६ चैत (रासस) : निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित तुल्याउन निर्वाचन आचारसंहितको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको छ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफलका आधारमा तयार गरिएको निर्वाचन आचारसंहिता हिजोदेखि लागू भइसेको छ । आचारसंहितामा निर्वाचनको प्रक्रियालाई...
काठमाडौँ, २६ चैत (रासस) :सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ । यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।
नीरा गौतम रुपन्देही, २५ चैत (रासस)ः केही वर्षअघि गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालयमा जानेको लर्को लाग्थ्यो । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुरा विद्यार्थीलाई लाजको विषय हुन्थ्यो भने अभिभावकको प्रतिष्ठाको विषय बन्थ्यो तर अहिले अवस्था फेरिएको छ । पछिल्ला पाँच वर्षमा बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढेको बढ्यै छ । सङ्ख्या धेरै भएपछि सामुदायिक...
काठमाडौँ, २५ चैत (रासस) :आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सबै राजनीतिक दल र सरोकारवालाको सुझाव तथा परामर्शमा स्वीकृत गरिएको निर्वाचन आचारसंहिता, २०७८ आजदेखि लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित बनाउन आचारसंहिता लागू गरिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी...
काठमाडौँ, २५ चैत (रासस) :द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनका घटनाको छानबिन तथा अनुसन्धान गर्नुपर्ने माग गरिएको छ । शुक्रबार काठमाडौँमा सम्पन्न द्वन्द्वपीडितहरूको दुईदिने राष्ट्रिय सम्मेलनपछि २४ बुँदे घोषणापत्र जारी गर्दै गठन भएको सात वर्ष भइसक्दा पनि सम्बन्धित आयोगहरूले द्वन्द्वकालीन मानवअधिकार उल्लङ्घनको एउटै घटनाको समेत छानबिन अनुसन्धान पूरा गर्न नसकेको ठहर गरेको छ । सम्मेलनले सङ्मणकालीन न्याय प्रक्रियामा...
पोखरा, २४ चैत । गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरि शरण आचार्यले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गरिने बताउनु भएको छ । ‘अब गण्डकी प्रदेशमा लालटिन र टुकी बल्ने छैन उहाँले भन्नुभयो, बैकल्पिक उर्जाको उपयोग गरेर भएपनि उज्यालो प्रदेश घोषणा गर्ने छौं ।’ यसै आर्थिक वर्षभित्र उज्यालो प्रदेश घोषणा गरिने उहाँको भनाइ छ...
सिमकोट, २४ चैत (रासस) : धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी थालेपछि विद्यालय बन्द गरिएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा अनौठो बिरामी देखिएको छ । सुरुको दिन कक्षा ६ मा अध्ययनरत एक छात्रामा हात...
–रमेश लम्साल काठमाडौँ, २४ चत (रासस) : नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य रु १६० पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाले लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा राज्यको ठूलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको...
काठमाडौँ, २४ चैत (रासस)ःनेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको सिमकार्ड तथा रिमकार्ड बिक्री वितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणले आज एक सूचना जारी गरी सो निर्देशन दिएको हो ।सेवा प्रदायक कम्पनीले सिमकार्ड बिक्रीवितरण गर्दा भर्नुपर्ने फारम रीतपूर्वक नभराएको तथा कागजात रुजु नगरी सिमकार्ड बिक्री वितरण गरेकोे भन्ने गुनासो आएकाले प्राधिकरणले अबदेखि...
काठमाडौँ, २४ चैत (रासस) :चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ मा रहेको जागेश्वरी भगवती मन्दिर परिसरमा हारती माताले शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको छ । चैत्र शुक्ल प्रतिपदाका दिन चैत १९ गतेदेखि उहाँले आधुनिक विज्ञानलाई चुनौती दिँदै मन्दिर परिसरमा इँटाले बनाएको शरीर अट्ने भागमा सुतेर त्यसमाथि १०८ अखण्ड दीप प्रज्ज्वलन गर्नुभएको जागेश्वरी भगवती मन्दिर सञ्चालन...