काठमाडौँ, २८ चैत (रासस) ः नेपाली कांगे्रस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत ३० गते हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न हुने उक्त बैठकले स्थानीय तह निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिइने बताइएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकसम्बन्धी आज एक सूचना जारी गर्र्दै केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई बैठकमा...
काठमाडौँ २८ चैत (रासस) :अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताउनुभएको छ । अर्थमन्त्रीले भन्नुभयो, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।” अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्थतन्त्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताउनुभयो । उहाँले व्यवसायी र जनतालाई हतोत्साही बनाउने गरी प्रचार भइरहेको भन्दै त्यस्तो नगर्न...
काठमाडौँ, २८ चैत (रासस) :नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको...
जनकपुर, २८ चैत (रासस) ःअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ । आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको रु पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा खटिएको...
म्याग्दी, २८ चैत (रासस) ःबेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिर परिसरमा भगवान राम र सीताको स्तम्भ प्रतिस्थापना गरिएको छ । दश जना दाताले आर्थिक संकलन गरेर गलेश्वर मन्दिर अगाडि स्थापना भएको ती स्तम्भमा नियमित नित्यपूजाका लागि थप रु तीन लाख १५ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । करिब सात फिट अग्लो स्तम्भ भित्र एक करोड २७...
पोखरा, २७ चैत । पोखराको श्रेना व्यूटिपार्लर र बनेपास्थित क्रियटिभ व्यूटी बीच आइतबार डिलर सम्झौता भएको छ । क्रियटिभका उत्पादन पोखरामा विक्री वितरण गर्ने गरी श्रेना व्यूटिपार्लरले डिलर लिएको हो । सम्झौतामा क्रियटिभका कार्यकारी अधिकृत अनुप कुमार श्रेष्ठ र श्रेना व्यूटिपार्लरकी प्रोपाइटर शर्मिला रानाभाटले हस्ताक्षर गर्नुभएको छ । सम्झौतासँगै क्रियटिका दुई वटा उत्पादन फेस सिरम...
पोखरा, २७ चैत । जलीय जिवको संरक्षण गरी न्यायोचित उपभोग गर्दै भावि सन्ततीको लागि जगेणा गरौं भन्ने मूल नाराका साथ कास्कीका विभिन्न तालहरुमा माछाका भुरा छाडिएको छ । जलीय जैविक विविधता संरक्षण गर्ने उद्देश्यले मत्स्य विकास केन्द्र मिर्मी स्याङ्जाले कास्कीका तालतलाउँमा दश हजार माछाका भुरा छाडेको केन्द्र प्रमुख रविन्सन अधिकारीले जानकारी दिनुभयो । उहाँले गण्डकी...
झापा, २७ चैत (रासस) :हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेको प्रहरीले जनाएको छ । आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागी घाइते भएकी थापालाई उपचारका लागि अस्पतालतर्फ...
मनाङ, २७ चैत (रासस) :पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । कोरोना भाइरस र बाढीपहिरोको वितण्डापछि अहिले लमजुङहुँदै पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेका छन् । दुई वर्षसम्म...
रमेश गिरी भक्तपुर, २८ चैत (रासस) ः मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउनुहुने भएको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष...
म्याग्दी, २७ चैत (रासस) ःजिल्लाको विभिन्न स्थानमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट पारेको छ । बेनी नगरपालिका सहित रघुगङ्गा र मङ्गला गाउँपालिकामा असिनाले गहुँ, जौँ, आलु, मकैबालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश बनेका हुन् । रघुगङ्गाको बेग, भगवती, पिप्ले, मौवाफाँट, बेनीको रत्नेचौर, भकुण्डे, भकिम्ली, डडुवा, मङ्गलाको बरङ्जा, सीमलचौरमा हावाहुरीसहितको असिना परेको थियो ।...