न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, २९ जेठ (रासस)ःदेशका अधिकांश भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम...
नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको तयारी पूरा
काठमाडौँ, २८ जेठ (रासस)ःनेपाली कांग्रेस निकट श्रमिक सङ्गठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले आज पत्रकार सम्मेलन गरी भोलिदेखि दुई दिनसम्म राजधानीको प्रज्ञा भवनमा हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले विधानतः हुन...
पोखरा ३३ मा ल्याण्डफिल्ड साइड सार्न तत्काल पूर्वाधार बनाउने
पोखरा, २८ जेठ (रासस) ःपोखरा महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन हुन नसकेर समस्याको रुपमा रहेको ल्याण्डफिल्ड साइटलाई महानगरले प्राथमिकतमा राखेर सो निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत...
भूकम्प
काठमाडौँ, २८ जेठ (रासस) ःभक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२...
यसपाली विपद्जन्य घटनाबाट २० लाख मानिस प्रभावित हुने
नारायण ढुङ्गाना काठमाडौँ, २७ जेठ (रासस) : बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ ।...
वैदिक सनातन धर्मावम्बीले घरको मठमा राखे तुलसीको दल
काठमाडौँ, २७ जेठ (रासस) ःआयुर्वेदिक औषधिको समेत काम गर्ने वनस्पति तुलसीलाई पूजा आराधना गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसै अनुसार, वैदिक सनातन धर्मावलम्बीले आज आ आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी पनि भनिन्छ...
१० महिनामा १४ खर्ब ३१ अर्ब व्यापार घाटा
अशोक घिमिरे काठमाडौँ, २७ जेठ (रासस) : चालू आर्थिक वर्ष २०७८÷७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ । कूल व्यापारमा निकासी तथा...
भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो
दमौली, २७ जेठ (रासस) :पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो । मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । कार...
पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध
तनहुँ, २७ जेठ (रासस) :पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । तत्काल मर्मतसम्भार पनि गर्न...