काठमाडौँ, ६ असार (रासस) :नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ । संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । प्राधिकरणले एक विज्ञप्ति जारी...
सिन्धुपाल्चोक, ६ असार (रासस) ःमेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ । मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो । मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलाल भन्नुभयो, “यसबाट मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्को...
काठमाडौँ, ५ असार (रासस) :विगत २४ वर्षदेखि सपरिवार जापानमा बस्दै आउनुभएकी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता बनाएर ११ आना दुई पैसा जग्गा बिक्री गरेको पाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विसं २०५५ देखि जापानमा बस्दै आउनुभएकी लोहनीको नक्कली श्रीमान् बनेर काठमाडौँको कीर्तिपुर नगरपालिका–२ स्थित कित्ता नं ३४४ को क्षेत्रफल रहेको जग्गा बिक्री गर्ने पाँचजनालाई...
पोखरा, ५ असार । पोखरा–२० भलामस्थित एकता सामुदायिक क्लबको प्रथम अधिवेशनले गणेश बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा लेख बहादुर खत्री, पदम कार्की, सचिवमा तारा बस्नेत, कोषाध्यक्षमा विजय कार्की र सहसचिवमा अनिल बिक रहनुभएको छ । समितिको सदस्यमा नारायण कार्की, वीरेन्द्र केसी, सुवा सुमन थापा, पूजा कार्की, विवश नेपाली, शोभा कार्की,...
काठमाडौँ ५ असार (रासस) :चितवन र आसपासका क्षेत्रमा भरपर्दो विद्युत् सेवा प्रदान गर्ने लक्ष्यका साथ सुरु भएको नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सवस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन सवस्टेसन निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतका निर्माणाधीन...
टीकापुर, ५ असार (रासस):कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं १५ की ५० वर्षीया टङ्क सोडारी रहेका इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कर्णाली नदी किनार सनकट्टीघाटमा शनिबार साँझ जङ्गलबाट निस्केका दुईवटा हात्तीले सोही नदीमा भइरहेको तटबन्धमा मजदुरी गरेर घर फर्किरहेका सोडारीलाई आक्रमण गरेको प्रहरी...
पोखरा, ४ असार । स्याङ्जाली दिदीबहिनी एकता समाज पोखराले शनिवार स्वास्थ्य परिक्षण तथा औंषधी वितरण गरेको छ । समाजले पोखरा – १७ छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रित रहेकाहरुका लागि स्वास्थ्य परिक्षण र औंषधी वितरण गरेको हो । चरक मेमोरियल हस्पिटल र गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो । त्यसअवसरमा आश्रममा आश्रित एक सय...
काठमाडौँ, ४ असार (रासस) ःसामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु १९ करोड ४५ लाख...
वालिङ, ४ असार (रासस) ःरासायनिक मलको अभाव खेपिरहेका यहाँका कृषक सोमबारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डिएपी) वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् । लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको...
काठमाडौँ, ३ असार (रासस) :मङ्किपक्सको आशङ्का गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती...
फुङ्लिङ, ३ असार (रासस) :गए राति ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–७ खेवाङको तेम्फुमा गएको पहिरामा परी गम्भीर घाइते ३५ वर्षीय विष्णु अधिकारीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत घाइते अधिकारीको उद्धार गरी सदरमुकाम फुङ्लिङ ल्याई पु¥याएको जिल्ला...