न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

चट्याङ लागेर दुईको मृत्यु
महेन्द्रनगर, १४ असार (रासस) :कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिनुभयो । “चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो,” प्रहरी निरीक्षक मल्लले भन्नुभयो, “अहिले...
हवाई उडान प्रभावित
काठमाडौँ, १४ असार (रासस) :प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
लन्डनबाट एक महिनादेखि रिदम बेपत्ता
लन्डन, १४ असार (रासस) :लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । लामो समयदेखि लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको र करिब एक महिना हुन लाग्दा पनि नभेटिएको हिलिन्डन प्रहरीले बताएको छ । स्थानीय प्रहरीले सर्वसाधारणलाई उहाँको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण...
नेल्टाको तालिम शुरु
पोखरा, १३ असार । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) गण्डकी प्रदेशको आयोजनामा पोखरामा पशु प्रजनन् तथा कृत्रिम गर्भाधान सम्वन्धी तालिम शुरु भएको छ । दुई हप्तासम्म चल्ने तालिममा देशभरका १५ जनाको सहभागिता रहेको छ । पशु स्वास्थ्य प्राविधिक उत्पादन गर्ने मुख्य उद्देश्यले तालिम आयोजना गरिएको हो । कृषि निर्देशनालय गण्डकी प्रदेशका निर्देशक बासु...
प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीलाई पनि सहभागी गराउन आदेश
काठमाडौँ, १३ असार (रासस) :सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ कैदीबन्दीको मतदाता नामावाली सङ्कलन तथा अध्यावधिक गर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले शुक्रबार सरकारको नाममा उक्त अन्तरिम आदेश गरेको हो । आदेशमा भनिएको छ, “हाल मिति २०७९/३/१ देखि निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य सञ्चालन अवस्थामा...
प्रदूषित खानेपानीले हैजा
काठमाडौँ, १३ असार (रासस)ः उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताउनुभयो । महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण...
बस्ती डुब्न सक्ने खतरा
पानीको बहाव बढेपछि आवतजावतमा समस्या
पेस्तोलसहित पक्राउ
चितवन, १३ असार (रासस) ःजिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल हाल भरतपुर–५ विकासचोक बस्ने ३२ वर्षीय प्रकाश विक रहेका छन् । विकको कोठामा शङ्का लागि चेकजाँच गर्ने क्रममा आइतबार पेस्तोल, गोली, नगद रु एक लाख १४ हजार,...
‘एमबिबिएस’पढाउन रु २० लाख सहयोग
फुङ्लिङ, १३ असार (रासस) ःताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपलिकाले एमबिबिएस...