कास्की, २६ असार (रासस) : पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु आठ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ । गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११औँ नगरसभामा प्रस्तुत गर्नुभएको बजेट कार्यक्रम सभामा छलफलपछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।...
देउखुरी, २६ असार (रासस):दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभएको छ । उहाँका अनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा निवासी ४२ वर्षीय भोला बिसी, उहाँकी छोरीहरू २० वर्षीया सोनु बिसी...
नारायण अधिकारी चितवन, २६ असार (रासस): चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ । विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार विहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन् । अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन्...
काठमाडौँ, २५ असार (रासस) :चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व सङ्कलन हुनसकेको छैन । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल रु १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व सङ्कलन भएको छ । चालु आव सकिन अब एक साता बाँकी छ । सरकारले...
गोदावरी, २५ असार (रासस) : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ । आज नेपाली कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको सुदूपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नगरे पारित हुन नदिने निर्णय गरेको हो ।...
काठमाडौँ, २५ असार (रासस)ः नेपाल प्रहरीका ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ३२ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस हुनेहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, दानबहादुर कार्की, डा मनोजकुमार...
किमाथाङ्का, २४ असार (रासस) ः सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो...
वीरगञ्ज, २४ असार (रासस) ः सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो । सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको छ । गत चैत र वैशाखमा एन्टीजेन विधीबाट परीक्षण...
दीपक बोहरा तुलसीपुर, २४ असार (रासस): कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ । दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य...