न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाता

न्यूजपाली संवाददाताका अन्य लेखहरू

कर्मचारी युनियनले बुझायो मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
पोखरा, १६ साउन । नेपाल निजामती कर्मचारी युनियन कास्कीले सोमबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठको नेतृत्वमा पुगेको कर्मचारीको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै मुख्यमन्त्री पोख्रेलले कर्मचारीका जायज विषयमा सरकार गम्भिर रहेको उल्लेख गर्नुभयो । संघीय निजामती सेवा ऐन जारी नभए...
एकै परिवारका चारजना मृत फेला
काठमाडौँ, १६ साउन (रासस)ःकाठमाडौँको तारकेश्वर नगरपालिका– २ काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । काभ्रेस्थलीको पदमसालमा घर बनाएर बसेका गोरखा भीमसेन थापा गाउँपालिका–६ का ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीय छोरी र ८ वर्षको छोरा मृत फेला परेका हुन् । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले घरमुली पाण्डेले...
पोखरामा पहिराले घर पुरिँदा एकको मृत्यु, एक घाइते
कास्की, १६ साउन (रासस) ःपोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु...
अर्थमन्त्रीमा पुनःशर्मा नियुक्त
काठमाडौँ, १५ साउन (रासस) ःराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई आज अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । उहाँले आजै शर्मालाई मन्त्रीमा नियुक्त गरी हाल प्रधानमन्त्रीले सम्हाली आउनुभएको अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री देउवाको नेतृत्वमा २०७८ साल असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको...
सरकारी कर्मचारी र सार्वजनिक पदमा कायम रहेको व्यक्ति दलको सदस्य हुन नसक्ने
काठमाडौँ, १५ साउन (रासस) :निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा...
भूकम्पबाट घर भत्कियो
भोजपुर, १५ साउन (रासस) ःभूकम्पबाट भोजपुरमा एउटा घर भत्किएको छ । खोटाङ केन्द्र विन्दु भएर आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो । यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले...
छ रेक्टर स्केलको भूकम्प
काठमाडौँ, १५ साउन (रासस) ःखोटाङको मार्टिनविर्ता केन्द्रविन्दु भएर आज बिहान ८ः१३ बजे छ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले खोटाङको मार्टिनविर्ता केन्द्रबिन्दु भएर आज बिहान ८ बजेर १३ मिनेटमा छ रेक्टर स्केलको भूकम्प गएको राससलाई जानकारी दिनुभयो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त...
पोखरेली प्रतिभा भट्टराईले लेख्नुभएको ‘नाष्ट गान’ सर्वोत्कृष्ट
पोखरा, १५ साउन । पोखरेली प्रतिभा हरिप्रसाद भट्टराईले लेख्नुभएको ‘नाष्ट गान’ सर्वोत्कृष्ट भएको छ । उहाँले सर्वोकृष्ट ‘नाष्ट गान’ लेखेवापत रु. ५० हजार नगद पुरस्कार पाउँनु भएको छ । उहाँ पत्रकारिता र कानून व्यवसायमा समेत क्रियाशील हुनुहुन्छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यसअघि एक सूचना मार्फत् नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान...
छुरा प्रहार गरी पाँच लाख लुटियो
जलेश्वर, १४ साउन (रासस) :महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको रु पाँच लाख लुटिएको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको रु पाँच लाख लुटेको छ । आफ्नै गाउँमा बैष्णवी मनी ट्रान्सफर...
सङ्क्रमणबाट दुईको निधन, ४३८ सङ्क्रमित
काठमाडौँ, १४ साउन (रासस) :आज चार सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार छ सय ९९ जनामा गरिएको परीक्षणमध्ये चार सय ३८ मा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार तीन सय ६९ रहेको छ । विगत २४...
हल्का वर्षाले राहत
महोत्तरी, १४ साउन (रासस) ःसाउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो । शुक्रबारको वर्षा महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा बढी परेको छ । धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई...