पोखरा, १५ जेठ । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने प्रतिवद्वतासहित कसरी जनतासँग जोडिने भन्ने विषयमा नेपाली काँग्रेस कास्कीले शुरु गरेको छलफल शनिवार सकिएको छ ।
कास्कीका ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्र, शुभेच्छुक तथा भातृसंस्था संस्था र उद्योग व्यवसायीसँग छलफल गरेको हो ।
पार्टी सभापति कृष्ण केसीको पहलमा शुरु गरिएको छलफलका क्रममा पार्टीले बनाउने योजनामा पूर्ण रुपमा साथ दिने भन्दै योजना सफल बनाउन जुट्ने प्रतिवद्वता व्यक्त गरिएको छ । ‘छलफल निकै उपयोगी भएको छ ,सभापति केसीले भन्नुभयो– सुझावकै आधारमा योजना तय गर्ने छौं।’
जेठ ६ गतेदेखि शुरु भएको छलफलबाट प्राप्त सुझावका आधारमा कास्की काँग्रेसको बैठकले विपत्का बेला जनतासँग जोडिने योजना तय गर्ने कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।
अहिलेको कोरोना महामारी र वर्षा मौसमयामसँगै हुन सक्ने बाढीपहिरो जस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भनेर कास्की काँग्रेस गम्भीर रुपमा छलफलमा जुटेको प्रवक्ता सिग्देलको भनाइ छ ।
यस अघि वैशाख २६ गतेको जिल्ला कार्यसमितिको बैठकले कोरोना संक्रमित बिरामीको सहजताका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार जेठ १ गतेदेखि एम्बुलेन्सले सेवा दिइरहेको छ ।
एम्बुलेन्स सेवाका लागि कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र मूख्य कार्यालय सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गर्न सक्नु हुनेछ । सचिव रानाभाटका अनुसार, एम्बुलेन्सले सयभन्दा बढी बिरामीलाई सेवा दिइसकेको छ ।
‘एम्बुलेन्स चाहिएको खबर आउँने बित्तिकै हामीले व्यवस्थापन गरेका छौं, सचिव रानाभाटले भन्नुभयो, एम्बुलेन्स सेवाबाट सर्वसाधारणले राहत महसुस गर्नुभएको पायौं ।’
एम्बुलेन्सले पोखरासहित हंसपुर, थुमाकोडाडाँ, थुम्सीकोट, माझठाना, घाटिछिना, लुम्ले, ल्वाङघलेल लगायतका क्षेत्रमा पुगेर बिरामीलाई सेवा दिइरहेको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं