पोखरा, १३ जेठ । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, मानार्थ सदस्य तथा सल्लाहकार रमेश कर्माचार्यकोे निधन भएको छ ।
जेठ १३ गते बिहीबार बिहान ३ः२० बजे काठमाडौंको निदान अस्पतालमा उहाँको निधन भएको हो ।
२०१३ साल असोज २१ गते पोखराको रानीपौवामा जन्मनु भएका कर्माचार्य संघको साधारण सदस्य, २०४७ सालमा कार्यसमिति सदस्य, २०५३–२०५५मा उपमहासचिव, २०५७–२०५९मा महासचिव हुँदै २०५९ देखि २०६१ सालमा अध्यक्ष रहनु भएको थियो ।
संघका विभिन्न पद तथा अध्यक्ष रहँदा होस् वा संघद्धारा संचालित बालश्रम न्यूनीकरण कार्यक्रमको संयोजकको रुपमा रहेर लामो समयसम्म काम गर्दा नै किन नहोस्, उहाँले संघको गरीमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
पोखरा, रानीपौवाको पुरानो व्यावसायिक घरानाको सदस्यको रुपमा व्यावसायिक क्षेत्रमा प्रवेश गर्नुभएका कर्मचार्यको समुन्नत र आधुनिक पोखरा बनाउने अभियानमा समेत ठूलो योगदान रहेको छ । स्वर्गीय कर्माचार्यका श्रीमतीसहित २ जना छोरा हुनुहुन्छ ।
पोखरा उद्योग वाणिज्यले शोक विज्ञप्ति प्रकाशित गरी हाल संघको सल्लाहकारको रुपमा क्रियाशिल कर्माचार्यको निधनबाट संघलाई अपूरणीय क्षति भएको जनाएको छ ।
महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा जारी विज्ञप्तिमा उहाँले निधनले संघले अभिभावक एवं कर्मशील व्यवसायी तथा समाजले एक असल समाजसेवी गुमाएको उल्लेख छ । विज्ञप्तिमा देहमुक्त आत्माको चीरशान्तिको कामनाका साथै परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं