पोखरा, १२ जेठ । नेपाल प्रेस युनियन कास्कीले उत्कृष्ट सदस्य अवार्ड – २०७७ कार्यसमिति सदस्य विजय नेपालीलाई प्रदान गर्ने भएको छ ।
नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रदान गरिने यो अवार्ड गतवर्ष देखि शुरु गरिएको हो । अवार्डको राशी नगद पाँच हजारसहित दोसल्ला र प्रशंसापत्र रहेको छ ।
कार्यसमितिका सदस्यमध्ये संस्थागत गतिविधिमा सक्रिय सहभागिता जनाउनेलाई यो अवार्ड प्रदान गरिने अध्यक्ष नवीन सिग्देलले बताउनुभयो । कार्यसमितिका सदस्यलाई प्रोत्साहन गर्न अवार्डको व्यवस्था गरिएको उहाँको भनाइ छ ।
हिमदुत दैनिकबाट पत्रकारिता शुरु गर्नुभएका पत्रकार नेपाली पोखराका क्रियाशील पत्रकार हुनुहुन्छ ।उनी हाल ढोरपाटन दैनिक र समाचारपत्रमा कार्यरत हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ कास्कीको सदस्य पनि हुनुहुन्छ ।
कार्यसमितिको दोस्रो बैठकले उत्कृष्ट सदस्य अवार्डका लागि कार्यमूल्यांकनका आधारमा सदस्य छनोटको अधिकार अध्यक्ष सिग्देललाई दिएको थियो । यसअघि सो अवार्ड कार्यसमिति सदस्य अनिषा श्रेष्ठलाई प्रदान गरिएको थियो ।
कोरोना महामारीका कारण अवार्ड हस्तान्तरण कार्यक्रम भने पछि उपयुक्त समयमा गरिने सचिव प्रदिप पौडेलले जानकारी दिनुभयो। प्रेस युनियनको स्थापना दिवस जेठ १३ गते हो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं