गलेश्वर, २४ वैशाख (रासस) । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण समुदायस्तरसम्म पुगेपछि गरिएको (लकडाउन) बन्दाबन्दीका कारण म्याग्दीको बेनी नगरपालिकाका सवै मानिस घरभित्र नै खुम्चिएका छन् ।
वन्दाबन्दीका कारण फुुर्सदिला बनेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवा भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् ।
गाउँका आठ युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको रु पाँच लाख बराबरको कामको ठेक्का लिएर उनीहरू सडक मर्मतमा जुटेका हुन् ।
स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल, विकास कुवँर, कृष्ण पोख्रेललगायत युवाले अहिले धमाधम खहरेखोलामा ग्याविन जाली भर्ने काम गरिरहेका बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रबहादुर कुवँरले जानकारी दिनुभयो ।
वडासदस्य कुँवरका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा बेनी नगरपालिकाको रु पाँच लाखको लागतमा निर्माण गरिएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडकमा गत वर्ष आएको बाढीले क्षति पु¥याएपछि सोही सडकको मर्मतमा युवा जुटेका हुन् ।
बन्दाबन्दीको समयमा घरमा बिनाकाम बस्नुभन्दा युवाले रोजगारी पनि पाउने र विकासको काम पनि हुने भएकाले सडक मर्मतको जिम्मा स्थानीय युवालाई नै दिइएको उहाँले बताउनुभयो ।
बाहिरबाट मजदूर ल्याएर काममा लगाउँदा कोरोना सङ्क्रमणको जोखिम पनि बढ्ने र स्थानीय युवा पनि बेरोजगार बस्नुपर्ने भएकाले गाउँकै युवालाई काममा लगाइएको खहरेखोला–कुरुङ्दी–जलकेनी सडक मर्मत उपभोक्त समितिका अध्यक्ष रामबहादुर पोख्रेलले बताउनुभयो ।
अध्यक्ष पोख्रेलका अनुसार सडकको खहरेखोला खण्डमा २२ वटा र अन्य भागमा १८ गरी ४० वटा ग्याविन जाली भर्नुका साथै स्काभेटरको माध्यमद्वारा खहरेखोलादेखि जलकेनी बान्नोसम्मको करिब १ किलोमिटर सडकको मर्मत तथा सरसफाइ गरिने छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं