बेनी–जोमसोम सडक कालोपत्र शुरु

बेनी–जोमसोम सडक कालोपत्र शुरु

SantoshGautam_Myagdi_RSS_22_BeniJomsomeRoad

बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको सडकमा कालोपत्रेका लागि बिछयाइएको बिटुमीन । कोवाङदेखि कैकुखोला सम्मको १६ किलोमिटर सडक कालोपत्रेका लागि तयार भएको छ । तस्वीर ः सन्तोष गौतम÷रासस

गलेश्वर, २२ वैशाख (रासस) । कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा मङ्गलबारदेखि कालोपत्रको काम शुरु भएको छ ।

मुस्ताङको कोबाङदेखि कैकुखोलासम्मको साढे १५ किलोमिटर सडकखण्डमध्ये खन्तीबाट मङ्गलबारदेखि कालोपत्र गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नं ३ को ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर सचिन शर्माले जानकारी दिनुभयो ।

ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका सबइन्जिनीयर शर्माले दिएको जानकारी अनुसार रु ५५ करोड ३० लाख १६ हजार ६०१ मा सडक कालोपत्रको जिम्मा लिएको हो । सो सडकमा आक्सपाल्ट प्रविधिको कालोपत्र हुने उहाँले बताउनुभयो ।

इन्जिनीयर शर्माका अनुसार साढे १५ किलोमिटर कालोपत्र र एक हजार ३०० मिटर ढलानको जिम्मा लिएको निर्माण कम्पनिले अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ ।

आगामी असार मसान्तसम्म ठेक्काको काम सक्ने लक्ष्यका साथ कालोपत्रको काम शुरु गरिएको उहाँले बताउनुभयो । सडकलाई दुई लेन फराकिलो बनाइएको छ ।

घुम्ती तथा ग्रेड सुधार र नाली निर्माणको काम समाप्त भइसकेको उहाँले जानकारी दिनुभयो । शर्माका अनुसार सडक साढे आठ मिटर फराकिलो गरी कालोपत्र गरिँदै छ । त्यसैगरी, शर्मा गजुरमुखीले नै ठेक्का लिएको प्याकेज नं २ को जलथलेदेखि कैकुसम्मको सडकमा पनि कालोपत्रको तयारी गरिएको छ ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने बादरजुङ, काभ्रे, घोप्टे भीर र रुप्से झरना क्षेत्र बाहेकका स्थानमा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभीले जनाएको छ ।

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेको ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा २०७४ सालदेखि चार प्याकेजमा स्तरोन्नतिको काम भइरहेको छ ।

पहिलो प्याकेजमा पर्ने गलेश्वर–बेगखोलासम्मको १६ किलोमिटर सडकमा पनि कालोपत्रको तयारी भइरहेको सहायक ठेकेदार कम्पनि ओमकारेश्वर कन्सट्रक्शनका प्रमुख अमृत दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
18 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 17 Sep 2025 18:45 UTC
Latest change: 17 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.51down
Indian Rupee 
Indian Rupee
87.77down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.84
British Pound 
British Pound
0.73
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
146.21down
US Dollar 
US Dollar
1
18 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 17 Sep 2025 18:45 UTC
Latest change: 17 Sep 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀