निषेधाज्ञाका बेला कृत्रिम अभाव रोक्न बजार अनुगमन

निषेधाज्ञाका बेला कृत्रिम अभाव रोक्न बजार अनुगमन

surkhet bajar

कर्णाली, १९ वैशाख (रासस) ।कोभिड–१९ सङ्क्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिबार यहाँका औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो ।

निषेधाज्ञाका बेलामा बजारमा कालोबजारी हुने तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने काम हुने भएकाले स्थलगत अनुगमन गरिएको सहायक प्रजिअ महतले बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि पसलहरुमा मास्क र सेनिटाइजरको प्रयोग तथा बिक्री दरलगायतको बारेमा बुझिएको छ ।” त्यस्तै वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीको अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा विशेषगरी तेलको प्रतिपोका रु १३९ भएर आएको र पिठोको मूल्यसमेत वृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताउनुभयो । तेलको मूल्यको विषयमा बुझेर त्यसको मूल्य नियन्त्रण गरिने उहाँले बताउनुभयो ।

दैनिक उपभोग्य वस्तुहरु आयात गर्ने कुनै पनि गाडी नरोकिएकाले कुनै व्यापारीले अस्वाभाविक मूल्य वृद्धि गराएको पाइएमा कारवाही गरिने चेतावनी दिँदै उहाँले व्यापारीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर तोकिएको समयभित्र सामान बिक्रीवितरण गर्न सुझाव दिइएको बताउनुभयो ।

सहायक प्रजिअ महतका अनुसार बाहिरबाट आउने सामग्रीको सुब्बाकुना सुर्खेत र वीरेन्द्रनगर बजारका तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनिकरूपमा उपभोग्यवस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिइएको छ ।

निषेधाज्ञाको समयमा गरिएको अनुगमनबाट उपभोक्ता तथा सर्वसाधारणलाई व्यापारीले ठगी गर्न नपाउने र यो निरन्तर रहने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

अनुगमनमा प्रशासनसहित उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ सुर्खेत र सुरक्षा निकायको सहभागिता रहेको थियो । सुर्खेतमा यही वैशाख १४ गतेदेखि २१ गतेसम्म कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि निषेधाज्ञा जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀