कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारबाट लागू गरेको निषेधाज्ञामा कलङकीमा सवारी साधन जाँच गर्दै ट्राफिक प्रहरी । अत्यावश्यक सेवाका र सञ्चालन अनुमति पाएका यातायातका साधन मात्र गुडेका छन । तस्बिर ः रोशन सापकोटा÷रासस
काठमाडौँ, १७ वैशाख (रासस)। निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ ।
अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ ।
बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयो ।
केही जिल्लामा यसअघि नै निशेषको आदेश जारी भएपछि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ ।
प्राप्त विवरणअनुसार मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् ।
यस्तै कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बिहीबारको आदेश उल्लङ्घन गर्ने दुई हजार बढीलाई होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ ।
जिल्लाजिल्लामा यो क्रम जारी रहेको थियो । नेपाल प्रहरीले अन्य जघन्य आपराधिक गतिविधि बाहेकका गतिविधि नियन्त्रण कार्यक्रमलाई थाती राखेर सबै कोभिड–१९ सङ्क्रमण नियन्त्रण अभियानमा परिचालन गरेको जनाएको छ ।
ठाउँठाउँमा टोली परिचालन गरी सवारी साधान जाँच थर्न थालिएको र यो क्रम आज थप कडाइका साथ हुने नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
गृह मन्त्रालयले आदेशको पूर्ण पालना गरी कोभिड नियन्त्रण अभियानमा सहयोग गर्न आम नागरिकमा अनुरोध गरेको छ ।
भर्खरै
नगर प्रमुख बालेन शाहले दिएको जिम्मेवारीमा बस्न मानेन तीन वडाअध्यक्ष
इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं