सेना दिवसमा महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य

सेना दिवसमा महाशिवरात्रि बढाइँ र शिवताण्डव नृत्य

PRO_KTM_SENADIWABASH_Nepalisena20210311_0294

महाशिवरात्रि तथा नेपाली सेना दिवसका अवसरमा बिहीबार काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा व्याण्ड प्रस्तुत गर्दै नेपाली सेना । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौँ, २७ फागुन (रासस) ।  नेपाली सेनाले आज स्थानीय सैनिकमञ्च टुँडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विविध कार्यक्रम गरी सेना दिवस मनाएको छ ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहमा सहभागी भई सबै क्रियाकलापको रुचिपूर्वक अवलोकन गरिन् । महाशिवरात्रिका दिन आज आयोजित समारोहमा उनलार्ई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उनले सैनिक स्मारकमा पुष्पहारार्पण पनि गरेकी थिइन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं अन्य उच्चपदस्थ विशिष्ट व्यक्तिको सहभागिता थियो ।
समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरियो । सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै सातै प्रदेशका संस्कृति झल्कने नृत्य एवं झाँकीसमेत प्रदर्शन ग¥यो ।

यस्तै आकर्षक सैनिक कला, खुकुरी ड्रिल र खोज उद्धार प्रदर्शनी पनि भएको थियो । सेनाले राष्ट्रिय गौरवका सडक निर्माण आयोजना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण र विश्वशान्ति स्थापनामा सहभागितालगायत विविध गतिविधि झल्कने झाँकीसमेत प्रदर्शन ग¥यो ।

समारोहमा राष्ट्रपति भण्डारीले ‘नेपाल एकीकरणको इतिहास (विसं १८०१–१८७२)’, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुको परिचय’ र ‘सिपाही वार्षिक २०७७’, पुस्तकसमेत विमोचन गरिन् । राष्ट्रपति भण्डारीले फ्रिफल जम्पका विजेता खेलाडीलाई पुरस्कार प्रदान गरेकी थिइन् । सैनिक कलाकारले देशभक्तिपूर्ण गीतमा नृत्य, साङ्गीतिक धून तथा शिवताण्डव नृत्य प्रस्तुत गरेका थिए ।

नेपाली सेनाको वर्तमान साङ्गठनिकस्वरूप विसं १८१९ देखिको हो । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपाली सेनाको सहभागिता सन् १९५८(विसं २०१५ तिर) देखि आरम्भ भएको थियो । हालसम्म ४३ शान्ति स्थापना कार्यमा रही एक लाख ३५ हजारभन्दा बढी सैनिकले विश्वशान्तिमा योगदान पु¥याइसकेका छन् । विश्वका १२ शान्ति मिशनमा नेपालबाट ८७ महिला सैनिकसहित पाँच हजारभन्दा बढी शान्ति सैनिक सहभागी छन् ।

राससकर्मी श्रेष्ठलाई ‘प्रधानसेनापति प्रशंसा निशान’
समारोहमा राससकर्मी रत्नकृष्ण श्रेष्ठलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरी सम्मान गरिएको थियो । यसरी निशान प्राप्त गर्नेमा उनीसहित सैनिक र गैरसैनिक गरी एक हजार तीन सय ४७ जना छन् ।

समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले विभिन्न मुलुकका राजदूतलाई प्रशंसापत्र प्रदान गरे । उनले विभिन्न प्रतियोगितामा विजेता सैनिक अधिकृतलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्दै भूतपूर्व सैनिक, उत्कृष्ट कृषक, उद्यमी, समाजसेवा, लघुउद्यमी सम्मानसमेत प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀