पोखरा, १५ फागुन । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीले पोखरामा शनिवार पोखरा महानरपालिका स्तरीय समिति घोषणा गरेको छ ।
समितिको अध्यक्ष अर्जुन बराल, उपाध्यक्ष सन्दिप बास्तोला, सचिव सुदिप लामिछाने, कोषाध्यक्ष सजनी पौडेल, सहसचिव इश्वर पराजुली छन् ।
सदस्यमा दीपक पराजुली, अशोक गुरुङ, असिम ढुङ्गाना, शुक्रराज तिवारी, निशान सुनार, गणेश भण्डारी, उत्तम बराल, सरोज बराल, सागर बराल, दिपेन्द्र बास्तोला छन् ।
त्यस्तै, सदस्यमा शीला पौडेल, सन्सिल बराल, कृष्णप्रसाद बराल, बिनिता बराल, सरस्वती बराल, सविना विक, प्रतिमा बराल, साजन बराल, नवीन शर्मा, मनोज पन्त, शुशिल बराल, बिनिता अर्याल, तिर्सना बराल र सुरक्षा पौडेल छन् । नेल्टाले मादी गाउँपालिकाको अध्यक्षमा युवराज पौडेललाई चयन गरेको छ ।
भेलामा बोल्दै नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले आफ्नै कारण कम्यूनिष्ट पतन भएको उल्लेख गरिन् ।
कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले सबै वर्ग र क्षेत्रको रचनात्मक भूमिकाबाट मुलुक र पार्टी निर्माणमा योगदान पुग्ने बताए ।
नेल्टा महासचिव सुरेशकुमार श्रेष्ठले वैशाख महिनाभित्र सबै प्रदेश समितिको अधिवेशन सक्ने गरी काम भैरहेको बताए ।
कार्यक्रममा विद्यार्थी नेता विकास थापा, नेल्टाका केन्द्रीय सल्लाहाकार महेन्द्र भण्डारी, गण्डकी अध्यक्ष सहदेव पौडेल, नेल्टा कास्की उपाध्यष पुष्पराज अधिकारी, सचिव प्रकाशरमण अधिकारी, नेल्टा पोखरा अध्यक्ष अर्जुन बराल, मादी अध्यक्ष युवराज पौडेलले बोलेका थिए ।
कार्यक्रम नेल्टा कास्कीका अध्यक्ष बसन्त कोइरालाको अध्यक्षतामा भएको थियो ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं