कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू

कठिन अवस्थामा सङ्घर्ष गरेर पढिरहेका छोरीहरू

girl-1024×683

– दुर्गा देवकोटा

टीकापुर, १२ फागुन (रासस) ः कैलालीको धनगढीकी अस्मिता चौधरीले बालिका हुँदा कम्लहरी देखेकी थिइन तर उनलाई आफू पनि कम्लहरी बस्नुपर्ला भन्ने लागेको थिएन । अस्मिता आठ वर्षकी थिइन् । स्थानीय नवदुर्गा विद्यालयमा कक्षा ५ मा अध्ययनरत अस्मिताको घरमा आमाबुवा रहँदा जसोतसो जीवन चलिरहेको थियो । अस्मिताका बुवाको मृत्युपछि अस्मिताले पढ्ने, खेल्ने उमेरमा कम्लहरी बन्नुप¥यो । “बुवाको मृत्युपछि घरमा अर्थाभाव शुरु भयो । हामीलाई पढाउनभन्दा आमालाई हाम्रा लागि खानाको जोहो गर्न नै समस्या हुन थाल्यो”, अस्मिताले भनिन्, “पेट पाल्नकै लागि भए पनि कम्लहरी बस्नुपर्ने अवस्था आयो । आमाले कम्लहरी बसे पढाइमा पनि सघाउने घर खोज्नुभयो ।”

आमाले कम्लहरी बसे पढ्न पनि पाइन्छ भनेपछि कम्लहरी बस्न सहमत भएकी अस्मितालाई निराशा नै हात लाग्यो । कम्लहरी बसे पनि पढाइ छुट्यो । डेढ वर्षपछि अस्मितालाई कम्लहरी विकास मञ्च नामक संस्थाले उद्धार गरेर पुनः विद्यालय पढ्ने वातावरण मिलाइदियो । विसं २०६९ मा कैलालीको टीकापुरस्थित सरस्वती मावि वनगाँउमा छात्रवृत्तिमै पढ्ने अवसर पाइन् । तर लामो समयसम्म पढाइ छाड्नुपरेकाले ५ कक्षा पढिसकेकी अस्मिताले फेरि कक्षा ३ मा भर्ना हुनुप¥यो । “मैले पहिले पढेका कुरा बिर्सिसकेकी थिएँँ । मलाई तल्लो कक्षा अर्थात् ३ कक्षामा भर्ना गरियो । मैले फेरि पढ्ने चाहना पूरा गर्ने अवसर पाएँ”, उनले भनिन् “पढाइमा लगन भए बाधा अप्ठेरा आए पनि विद्यार्थीलाई अघि बढ्नबाट रोक्न सक्दैन भनेजस्तै अवसर मेरो जीवनमा मिल्यो । म विस्तारै पढाइमा राम्रो बन्दै गएँ ।” अस्मिताले विसं २०७६ मा राम्रो अङ्क ल्याइ एसइई उत्तीर्ण गरिन् । अहिले टीकापुरमा विज्ञान विषय लिएर पढ्दै छन् ।

अस्मिताजस्तै १५ वर्षीया करुणा बादी पनि सङ्घर्ष गर्दै पढाइलाई अगाडि बढाउँदै छन्। कक्षा १० मा अध्ययनरत उनका बुवा पेशाले डकर्मी र आमा गृहणी हुन् । आठ जनाको संयुक्त परिवार । त्यसमा पनि चार जना विद्यालय जाने उमेरका । बुवाआमाकै काँधमा परिवारको पालनपोषणको जिम्मा भएकाले करुणालाई घरको कामको बोझ बढी छ । घरको काम गर्नुपर्ने, भाइ बहिनी स्याहार्नुपर्ने भएकाले करुणालाई पढाइका लागि समय निकाल्न हम्मेहम्मे पर्छ । “साँझ बिहान घरको काम गर्छु । आमाबुवा काम गर्न जान्छन्, मभन्दा पछिका भाइबहिनी पनि स्याहार्नुपर्छ”, करुणाले भनिन्, “कामको व्यस्तताले कहिलेकाहीँ गृहकार्य पूरा गर्न कठिन हुन्छ । यस्तो गरिबीमा पनि बुवाआमाले हामीलाई पढाइरहनुभएको छ ।”

अभाव, समस्या झेलेर भए पनि अस्मिता र करुणाहरू पढ्दैछन् अघि बढ्दैछन् । घरमा कामको जिम्मेवारी, अर्थाभाव झेलेर पनि अध्ययन गरिरहेका छोरीका अभिभावकले छोरीको शिक्षाका लागि कठिन सङ्घर्ष गरेर भए पनि पढ्ने वातावरण मिलाइरहेका छन् । “कहिलेकाहीँ कापी किताब, कलम हुँदैन, बुवाआमाले ऋण गरेर भए पनि जोहो गरिदिनुहुन्छ”, करुणाले भनिन् , “मलाई घरको काम गराउनु अभिभावकको पनि बाध्यता बनेको छ । उनीहरूले काम नगरे हाम्रो पेट नै भरिदैन ।”

नेपालको संविधानले सबै बालबालिकाले शिक्षा पाउनुपर्ने व्यवस्था गरेको छ । अझ आधारभूत तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने व्यवस्था गरेको छ । तर विभिन्न समस्याले विद्यालय जान नसक्ने छोरीहरूलाई पढ्ने वातावरण बनाउने जिम्मा अभिभावक र सरकारले लिनुपर्ने कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माको भनाइ छ । “विपन्न समुदायका नानीबाबुका लागि सहज पढाइको वातावरणका लागि विद्यालय पनि जिम्मेवार बन्नुपर्छ”, प्रधानध्यापक शर्मा भन्छन्, “हामीकहाँ धेरै विपन्न बालबालिका अध्ययन गर्छन् । हामी उनीहरूको मनोविज्ञान बुझेर पढाउने गर्छौँ । कतिपय बालबालिका घरबाट तनाव बोकेर विद्यालय आउँछन् । विद्यालयमा पनि तनाव झेल्नुपरे उनीहरूको हालत कस्तो होला भनेर हामीले बुझेका छौँ ।”

विभिन्न संस्कार र घरको कामको बोझ थुपारेर छोरीहरू शिक्षा लिनबाट बञ्चित भइरहेका छन् । छोरीलाई घरको काम बढी लगाइँदा वा पढ्ने उमेरका छोरीहरूको श्रमलाई आम्दानीसँग जोड्दा छोरीको शिक्षामा असर परेको छ । यसरी काममा लगाइँदा छोरीलाई परिवारबाटै शिक्षा आर्जनमा बाधा पुग्ने अधिकारकर्मी कल्पना उपाध्याय बताउछिन् । “यस्तो अप्ठेरोमा पनि छोरीहरू सङ्घर्ष गरेर शिक्षा आर्जन गरिरहेका छन् । छोरीहरूले सुख र दुःख एकअर्काको परिपूरक हुन् भनेर बुझेर सङ्घर्ष गरिरहेका छन्”, उनले भनिन्, “समस्या, अभाव र अप्ठ्याराका बीच भए पनि छोरीहरू पढे घर सुन्दर बन्छ । उनीहरू आफ्नो जीवन सहज चलाउन सक्षम हुन्छन् ।”

विगतमा छोरी पढाउनु हुँदैन भन्ने समाजमा निकै सङ्घर्ष गरेर पढेर शिक्षिका भएकी टीकापुर–८ स्थित त्रिभुवन मावि बटनपुरकी शिक्षिका जयसरा साउद अहिले छोरीहरूलाई विद्यालयसम्म ल्याउने माध्यम बनिरहेकी छन् । “मैले विद्यालय पढ्दा छिमेकीले समेत कुरा काट्थे । ठूली भइसकेपछि म आफैँ विद्यालय भर्ना हुन आएकी थिएँ”, साउदले सम्झदै भनिन् “म यही विद्यालयमा कक्षा १० सम्म पढेँ, ३० वर्षदेखि यही विद्यालयमा शिक्षण गरिरहेकी छु । हाल मलाई प्रेरणाका रूपमा लिनेहरू धेरै छन् । म नपढेको भए हाल यहाँ हुने थिइनँ ।”

छोरीहरूले पढ्नका लागि घर होस् या विद्यालयमा सजिलो हुनुपर्छ । छोरीका लागि सजिलो वातावरण बनाउन सरकारले विभिन्न प्रयाससमेत गरेको छ । स्थानीय सरकारले पनि छोरीहरूको शिक्षा सहजताका लागि विभिन्न कार्यक्रम गर्ने गरेका छन् । कठिन अवस्थामा पनि अध्ययन गरिरहेका छोरीको शिक्षामा सघाउन कैलालीको टीकापुर नगरपालिकाले उपमेयर छात्रवृत्ति, मेयर प्राविधिक छात्रवृत्तिजस्ता कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल चालु शैक्षिकसत्रदेखि कक्षा ८ सम्मको शिक्षा निःशुल्क गरेको बताउँछन् । “हामीले शिक्षा र स्वास्थ्यमा बढी लगानी गरेका छौँ । यस वर्षदेखि सामुदायिक विद्यालयमा कुनै पनि बहानामा उठाइने शुल्क बन्द गरेका छौँ”, नगरप्रमुख रावलले भने, “निजी स्रोतका शिक्षकको तलब नगरपालिकाले दिन्छ, विद्यालय व्यवस्थापनका लागि चाहिने सबै खर्चसमेत नगरपालिकाले ब्यहोर्न थालेको छ । अब विद्यालयमा कुनै किसिमको शुल्क लिए कारवाही हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀