पर्वत, १ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले न्यायालयलाई दबाब दिन नहुने बताएका छन् ।
‘न्यायालयलाई यसो गर, उसो नगर भनेर दबाब दिन हँुदैन, उनले भने, अदालतले विवेक प्रयोग गर्नेे नै छ, अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुदैन।’
न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्वामा काँग्रेसले पनि कुनै दबाब नदिने स्पष्ट पारे । सभापति देउवाले प्रतिनिधिसभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा आफूलाई विश्वास नलागेको उल्लेख गरे ।
पर्वतको शंकरपोखरीमा शहिद हरिदत्त तिवारी स्मृति भवन उद्घाटन गर्दै उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले जनअपेक्षा अनुसार ओली सरकारले काम नगरेको आरोप लगाए । उनले आफूलाई भेट्न बुधबार साँझ नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय आएको बताए ।
सभापति देउवाले नेकपा २ भागमा विभाजित जस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने संकेत गरेका छन् ।
उनले प्रहरी तथा कर्मचारीले गाउँगाउँका काँग्रेस कार्यकर्तालाई दुःख दिने गरेको भन्दै आलोचना गरे ।
उनले पार्टीलाई बलियो बनाउँदै र देश विकासमा लाग्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस नेता गोपालमान श्रेष्ठले शहिद तिवारीको योगदानबाट सिक्नुपर्ने उल्लेख गरे ।
केन्द्रीय सदस्य अर्जुन जोशीले आफूलाई पदको लोभ नभएको भन्दै पार्टीलाई शशक्त बनाउनु आफ्नो प्राथमिकता भएको बताए ।
शहिद हरिदत्त तिवारीको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा २ तले भवन निर्माण गरेको प्रतिष्ठानका मुख्य संरक्षक, काँग्रेस महासमिति सदस्य एवं केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारीले जानकारी दिए ।
०६० साल माघ १ गते शशस्त्र माओवादी समूहले नेपाली काँग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्तको हत्या गरेको थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं