पोखरा, २५ पुस । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली काँग्रेसले पुस २५ गते शनिवार कास्कीमा पनि प्रदर्शन गरेको छ ।
कास्कीका ६ वटा प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
प्रवक्ता सिग्देलका अनुसार, प्रदेश सभा १ ‘क’ क्षेत्रको तालचोक, १ ‘ख’ क्षेत्रको औधोगिक क्षेत्र, प्रदेश सभा २ ‘क’ को विरौटा, २ ‘ख’ को चिप्लेढुङ्गास्थित नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय, प्रदेश सभा ३ ‘क’ को हेमजा मिलन चोक र ३ ‘ख’ को लौरुक र वाम्दीबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक्रमापछि विरोध सभामा परीणत भएको थियो ।
विरोध सभालाई प्रदेश सभा क्षेत्रका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए ।
प्रदेश सभा क्षेत्र १ ‘ख’ को विरोध सभामा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी सरकारले संविधानको भावना विपरीत काम गरेकाले प्रदर्शनमा उत्रनु परेको बताए ।
‘सरकारले राम्रो गरेको हेर्न मन थियो, तर भएन, सभापति केसीले भने, जनताको सपना पार्टीको मुख्य योजना हो ।’
विरोध सभामा नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विर्जमान गुरुङ, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, कास्की काँग्रेस जिल्ला सदस्य अनिता तिमिल्सिना, मुस्लिम नेता सराफत अलिमिया, नेपाल तरुण दल क्षेत्र नं १ कास्कीका सभापति राधाकृष्ण तिवारी, युवा नेता यामबहादुर गुरुङ, भानु ढकाल, पोखरा १४ का वडा सभापति बोधबहादुर कार्की र पोखरा १० की कार्यवाहक सभापति निर्मला कार्कीले बोलेका थिए ।
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र १ ‘ख’ का सभापति कृष्ण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सचिव सरोज केसीले संचालन गरेका थिए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं