पोखरा, १८ पुस । पोखरा १३, आर्वा निवासी राजनैतिक, धार्मिक एवं शैक्षिक व्यक्तित्व किर्तिराज बरालको ८४ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली काँग्रेस साविक आर्वा विजय गाविसका पूर्व सभापति बरालको शुक्रबार निधन भएको हो । उनको शनिवार पोखरा रामघाट स्थित सेती नदी किनारमा अत्येष्टि गरिएको छ ।
उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी र क्षेत्र नं १ का सभापति विर्जमान गुरुङले पार्टीको चार तारे झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली अर्पण गरेको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । श्रद्वाञ्जली अर्पणका लागि काँग्रेसका नेता तथा कार्यकर्ता, शुेभेच्छुक र आफन्त पुगेका थिए ।
उनका एक श्रीमती, तीन छोरा र एक छोरी छन् । जेठा छोरा शंकर बराल हाल बर्दीयाको जिल्ला न्यायधिश, माईला छोरा भवसागर बराल काँग्रेस नेता र अर्का छोरा बुद्विराज बराल प्राइम बैंकको प्रबन्धक हुन् ।
यसैबीच, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र पोखरा १३ वडा कार्यसमितिका सभापति विष्णु बरालले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमा बरालले लोकतन्त्रको विकास, विस्तारसँगै शैक्षिक र धार्मिक क्षेत्रमा पु¥याएको योगदान सदैव स्मरणीय रहने उल्लेख छ ।
दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै विज्ञप्तिमा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं