पोखरा २७ मंसीर । कालिका बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा प्रेमकुमारी केसी सर्वसम्मत चयन भएकी छन् ।
समितिका जेष्ठ सदस्य जे.बी कुँवरको अध्यक्षतामा शनिवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले केसीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
क्याम्पसको संरक्षक एवं सिनेटर समेत रहेकी केसी लामो समय देखि सो क्याम्पसको सञ्चालक समितिको महिला सदस्य पदमा रही कार्य गर्दै आएकी थिइन् । नवनियुक्त अध्यक्ष केसी क्याम्पसका संस्थापक अध्यक्ष समाजसेवी एवं उद्योगपति स्व. सुर्यबहादुर केसीकी धर्मपत्नी हुनुहुन्छ ।

किरण केसी
समितिको सोही बैठकले रिक्त सञ्चालक समिति सदस्य पदमा युवा उद्यमी किरण केसीलाई मनोनयन गरेको छ । क्याम्पसको संरक्षक सिनेटर समेत रहेका युवा ब्यवसायी केसी पूर्वअध्यक्ष स्व.केसीका सुपुत्र हुन्। आफ्नो बावुको पद पछ्याउदै समाजसेवामा अग्रसर केसी छोटो समयमै लोकप्रिय युवाको रुपमा अगाडि बढेका छन् ।
यसैगरी आजै बसेको बैठकले संस्थापक अध्यक्ष स्वं. केसीको निधनमा वर्ष दिनभरी क्याम्पसका कुनै उत्सव एवं समारोह नगर्ने निर्णय गरेको समितिका सदस्य भिमसेन थापाले जानकारी दिए ।
स्नातकोत्तर तह सम्म अध्यापन हुने क्याम्पस सेति पूर्वको उच्च शिक्षा दिने पोखराको पहिलो क्याम्पस हो । २०४८ सालमा स्थापना भएको सो क्याम्पसको संस्थापक अध्यक्ष प्रतिनिधि सभाका सदस्य एवं समाजसेवी सुुर्य बहादुर केसीको कार्तिक १७ गते असामयिक निधन भएपछि अध्यक्ष पदरिक्त हुन गएको थियो ।
उच्च शिक्षाको लागि प्रख्याती कमाएको सो कालिका क्याम्पसको भौतिक विकास र शैक्षिक उन्नयनमा केसी परिवारको महत्वपूर्ण योगदान रहेको क्याम्पस प्रमुख रविन्द्र बाँस्तोलाले बताए ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं