पोखरा, २१ मंसिर । नेपाली काँग्रेस कास्कीले पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत पोखरामा प्रदर्शन गर्ने भएको छ ।
पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि प्रदर्शनका लागि तयारी शुरु गरेको छ ।
नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, पोखरा नगर पदाधिकारी, प्रदेश सभापति र गाउँपालिका सभापतिको आइतबार बसेको संयुक्त बैठकले प्रदर्शनको तयारीमा जुट्ने निर्णय गरेको हो ।
बैठकले पोखराको वीपी चोकबाट प्रदर्शन शुरु गरी महेन्द्रपुल, नयाँ बजार हुँदै पृथ्वीचोक पुगेर कोणसभा गर्ने निर्णय गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।
काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दै छ ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको बैठकले प्रदर्शनमा सहभागी हुने पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेको छ ।
बैठकले प्रजातन्त्र सेनानी लीलाभक्त आचार्य र कास्की काँग्रेसका पूर्व जिल्ला सदस्य राजेन्द्ररमण पराजुलीलाई पत्नीशोक परेकोमा दुःख व्यक्त गरेको छ ।
बैठकले कास्कीको साविक सल्यान गाविसका अध्यक्ष खड्कबहादुर क्षेत्री र पोखरा ९ का पूर्व जनप्रतिनिधि भगवती राजभण्डारीको निधन भएकोमा दुःख व्यक्त गरेको छ । बैठकले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं