पोखरा, ५ मंशिर । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अदालतमा उभिएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।
कांग्रेस महासमिति सदस्य एवं नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै ‘ओली प्रवृत्ति’ राष्ट्र र स्वयं नेकपाकै लागि घातक भएको बताए।
‘नेकपाले बालुवाटार र सिलत निवासलाई पार्टी कार्यालय जस्तै बनाएको छ। राष्ट्रपति पनि नेकपाको कार्यकर्ता जस्तो देखिनु भएको छ। जसले पदिय मर्यादामाथि नै प्रश्न उठिरहेको छ’, नेता महरले भने, ‘उहाँलाई म पदिय मर्यादा कायम राख्न आग्रह गर्छु।’
उनले नेकपा चीन र भारतले चलाइरहेको योजना र लक्ष्य विहिन पार्टी भएको बताए। चिनिया राजदूतको सक्रियता र क्रियाकलाप, भारतीय ‘र’ प्रमुखको क्रियाकलापले पनि सरकारको तालाचावी बाहिरै रहेको प्रस्ट भएको नेता महरको आरोप छ।
उनले सरकारलाई देश र जनतामाथि गद्दारी नगर्न आग्रह गरेका छन्। ‘कम्युनिस्ट सरकार कोरोना महामारी महामारी नियन्त्रणमा चुकिसकेको छ। मल नपाएर छटपटाइरहेका किसान खेतमा देखिन छोडिसकेको छ’, उनले भने, ‘सरकार अहिले चिनिया दुतावास, सितल निवास तिर मात्रै झुल्किने गरेको छ। जसले देश र जनतालाई घातक मोडमा लैजाने छ।’
उनले प्रधानमन्त्री ओलीलाई बेलैमा सच्चिन चेतावनी दिएका छन्। पार्टीभित्रैबाट चर्को विरोध हुँदा पनि कुर्सीमा टासिरहनु ओलीकै लागि लज्जाको विषय भएको उनको तर्क छ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं